डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका नन्दसिंह बुढा विजयी

डोल्पा: बिहीबार रातिबाट सुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ। 
वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय भएका छन्। 
उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २४३ मध्ये कुल खसेको छ हजार ७८६ मतमा छ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

समाचार स्रोत: अन्नपूर्ण पोस्ट 
डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका नन्दसिंह बुढा विजयी डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका नन्दसिंह बुढा विजयी Reviewed by DailyNEWS Updates on 10:28 PM Rating: 5

No comments:

Powered by Blogger.