हालसम्म विजयी भएको र अग्रता कायम गरिरहेको ताजा अपडेट

काठमाडौं : पहिलो र दोस्रो चरणमा निर्वाचन भएका स्थान अन्तरगत हाल प्रतिनिधिसभातर्फ ३ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने प्रदेशसभातर्फ ६ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जस अन्तरगत प्रतिनिधिसभा तर्फ २ स्थानामा एमालेका उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

प्रदेशसभातर्फ २ स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन्, २ स्थानमा माओावदीका, एक स्थानमा कांग्रेस र १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
हाल मतगणना भइरहेका स्थान मध्ये बिहान ११ बजेसम्म अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजा अनुसार प्रतिनिधिसभातर्फ एमाले १८, माओवादी १३, कांग्रेस ४ र नयाँ शक्तिले १ स्थानमा अग्रता कायम गरेका छन् ।
प्रदेशसभातर्फ एमाले २७, माओवादी १९, कांग्रेस ३ र नयाँ शक्ति एक स्थानमा अगाडी रहेका छन् ।

हालसम्म विजयी
रुकुम पूर्व 
प्रतिनिधिसभा 
माओवादी केन्द्रकी कमला रोका १०४३४ मत प्राप्त गरि विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४४०६ मत प्राप्त गरे।
प्रदेशसभा तर्फ
‘क’ मा माओवादी केन्द्रका तेजबहादुर वली ५४२७ मत पाएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुतकुमार पुनले २१४४ मत प्रात्प गरे
‘ख’ मा माओवादी केन्द्रका पूर्वबहादुर घर्तीले ५८१६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दत्तबहादुर बस्नेतले ३१११ मत प्राप्त गरेका छन् ।
मुस्ताङ 
प्रतिनिधिसभा 
एमालेका प्रेमप्रसाद तुलाचन ३५४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रसका रामी गौचनले ३१८१ मत प्राप्त गरे ।
प्रदेशसभा तर्फ
‘क’ मा एमालेका इन्द्रधारा दादु विष्ट ११६७ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मिक्युर गुरुङले ६५७ मत पाएका छन् ।
‘ख’ मा एमालेका महेन्द्रबहादुर थकाली २५८४ मत पाइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ धावा गुरुङले २२५९ मत पाएका छन् ।

मनाङ
प्रतिनिधिसभा तर्फ 
एमालेका पोल्देन छेपाङ गुरुङ २३०० मत पाइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मत प्राप्त गरे
प्रदेशसभातर्फ 
‘क’ मा कांग्रेसका चित्तबहादुर घले ९९८ मत प्रात्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी दोर्जे डंडुल गुरुङले ८९६मत प्राप्त गरे ।
‘ख’ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङले १४१० मत पाई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १०२० मत पाएका छन् ।

समाचार स्रोत: अन्नपूर्ण पोस्ट 
हालसम्म विजयी भएको र अग्रता कायम गरिरहेको ताजा अपडेट हालसम्म विजयी भएको र अग्रता कायम गरिरहेको ताजा अपडेट Reviewed by DailyNEWS Updates on 9:44 PM Rating: 5

No comments:

Powered by Blogger.