एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँड ,शीर्ष तहमा पदीय जिम्मेवारी
काठमाडौं । वाम गठबन्धन एमाले र माओवादी केन्द्रले बहुमत ल्याएसँगै पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन्। दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी एकता संयोजन समिति तहमा औपचारिक रूपमा भने छलफल भएको छैन। पछिल्लो समय पदीय जिम्मेवारी तथा सांगठनिक स्वरूप र सैद्धान्तिक एवं वैचारिक विषयमा छलफल सुरु भएको हो।
शीर्ष तहमा पदीय जिम्मेवारी तथा संठनात्मक स्वरूपबारे तीनवटा विकल्पसहित छलफल चलिरहेको स्रोतले बताएको छ। स्रोतका अनुसार एमालेका तर्फबाट दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल बनाएर जाने प्रस्ताव छ। उक्त प्रस्तावमा माओवादी नेताहरू राजी भइनसकेको बताइएको छ। एमाले नेताहरूले भने महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाँदा वैज्ञानिक हुने तर्क गरेका छन्।
राजधानी दैनिक

Reviewed by Unknown
on
5:24 AM
Rating:
Reviewed by Unknown
on
5:24 AM
Rating:

No comments: