भारी मतान्तरले एमाले अध्यक्ष केपी ओली विजयी
मंसिर २४, २०७४-एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ८ सय ४२ मतान्तरमा झापा– ५ बाट निर्वाचित भएका छन् ।
ओलीले ५७ हजार १ सय ३९ मत पाए भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए ।
ओली २०६४ बाहेकका सबै चुनावमा झापाबाट निर्वाचित भएका हुन् । झापा ५ का ९६ हजार १९ मतदातामध्ये ९१ हजार ३ सय ४५ मत खसेको थियो ।
यसैबीच अध्यक्ष ओली विजय जुलुसमा सहभागी हुन सोमबार झापा आउने भएका छन् । उनी दुई दिन आफ्नो क्षेत्रको विजय सभाका कार्यक्रममा सहभागी हुनेछन् ।
समाचार स्रोत: कान्तिपुर (eKantipur)
भारी मतान्तरले एमाले अध्यक्ष केपी ओली विजयी
Reviewed by DailyNEWS Updates
on
11:05 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
11:05 AM
Rating:

No comments: