ठूली हुँदै जाँदा चुरोटको लत लाग्यो, अनि गाँजा, भाङ हुँदै अहिले ड्रग्स किन्न जसले पैसा दिन्छ उसैसँग यौन साट्न पनि पछि पर्दिन
ड्रग्ससँग साटिन्छ जवानी
- भिषा काफ्ले
कोटेश्वर, जडीबुटीमा डेरा गरी बस्दै आएकी २४ वर्षीया रश्मि (नाम परिवर्तन) ले सिरिन्जबाट ड्रग्स लिन थालेको पाँच वर्ष भयो । आफूले थाहा पाउँदा सडकमा रहेकी रश्मि सुरुमा डेण्ड्राइफ सुँघ्थिन् । बिस्तारै ठूली हुँदै जाँदा चुरोटको लत लाग्यो, अनि गाँजा, भाङ हुँदै अहिले उनी सिरिन्जको माध्यमबाट लिने ड्रग्समा पुगेकी छिन् । नियमित रूपमा ड्रग्स लिनुपर्ने बाध्यता छ उनलाई, तर खास पेसा भने केही पनि छैन । पेसा नभएपछि उनको त्यो बाध्यता पूरा गर्न जसले ड्रग्स दिन्छ उनी उसैसँग यौनसम्पर्क राख्छिन् । रश्मि ड्रग्स किन्न जसले पैसा दिन्छ उसैसँग यौन साट्न पनि पछि पर्दिनन्, तर उनका अधिकांश यौन साथी उनीजस्तै ड्रग्स युजर हुन् ।
नेपाली समाजमा अचम्म लाग्ने अर्को जोडी हो, कोटेश्वर नै बस्दै आएकी २६ वर्षीया आरती (नाम परिवर्तन) र उनका श्रीमान् अजित (नाम परिवर्तन) । यी दुवै ड्रग्स युजर हुन् । उनीहरूको देखिने खालको कुनै व्यवसाय छैन । आरती भन्छिन्– हामी बेरोजगार हौं । आफ्ना लागि त आरतीले ड्रग्सको जोहो त गर्छिन् नै, साथै श्रीमान्का लागि उनैले ड्रग्स जोहो गरिदिनुपर्छ । त्यसका लागि उनी जसले ड्रग्स दिन्छन् ऊसँग श्रीमान्को सहमतिमै यौनसम्पर्क गर्न तयार हुन्छिन् ।
रश्मि र आरती त ड्रग्ससँग यौन साट्न बाध्य दुई उदाहरण मात्र हुन् । उपत्यकामा यसरी ड्रग्स लिन यौन साट्ने महिलाहरूको संख्या ठूलो रहेको एक सरकारी अध्ययनले देखाएको छ । उपत्यकाका तीनवटै जिल्लामा गत वर्ष स्वास्थ्य मन्त्रालयले ६ महिना लगाएर यो अध्ययन गरेको हो । मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले २०१६ मा सिरिन्जबाट लागूपदार्थ सेवन गर्ने महिलाहरूको सामाजिक तथा व्यक्तिगत आनीबानीका विषयमा अध्ययन गरेको थियो । उक्त अध्ययनमा संलग्नमध्ये १७ प्रतिशत लागूऔषध सेवन गर्ने महिलाले लागूऔषध प्राप्त गर्न आफूहरू जो–कोहीसँग यौनसम्पर्क गर्ने खुलेर जवाफ दिएको उल्लेख छ । ती १७ प्रतिशतमध्ये १ सय २८ जना लागूऔषध प्रयोगकर्ता महिलाले आफ्ना नियमित यौन साथी पनि रहेको बताएका थिए । त्यसमा कसैले जीवनसाथी नै यौनसाथी रहेको बताएका थिए भने कतिपयले लागूऔषधसँग यौन साट्ने कुरा बताएको अध्ययनको नेतृत्व गरेका सुदीपराज खतिवडा बताउँछन् ।
अध्ययनको अर्को जोखिमको पाटो के थियो भने ड्रग्सका लागि पैसा वा ड्रग्स नै लिएर यौनसम्पर्क गर्नेमध्ये ५८ दशमलव ३ प्रतिशतले मात्र कन्डम लगाएर यौनसम्पर्क गरेको पाइएको छ, जसमा ४१ दशमलव ७ प्रतिशत महिलाले भने बिनाकन्डम नै यौनसम्पर्क गर्ने गरेको बताएका छन् । यसरी कन्डम नै नलगाई यौनसम्पर्क गर्दा उनीहरू सधैं यौनरोगको जोखिममा रहने खतिवडा बताउँछन् । ‘एक त सिरिन्जबाट लागूऔषध प्रयोग गर्दा यौन रोगको जोखिम छँदै छ ।’ खतिवडा भन्छन्– त्यसमाथि धेरै यौनसाथी भएकाहरू कन्डमबिनै यौनसम्पर्क गर्दा उच्च जोखिममा छन् ।
अझ पत्याउन गार्हो पर्छ, तर यथार्थ कुरा हो, लागूऔषधको नशामा फसेका अधिकांश महिला १५ वर्ष पनि नपुगी यौनसम्पर्कमा पुग्ने गरेका छन् । त्यसमा कतिपय रहरले पुगेका छन् भने कतिपयले बाध्य भएर अनैतिक यौनसम्पर्कमा पुग्नुपरेको छ । सडकमै हुँदा आफूलाई फकाएर पहिलो पटक एउटा अधबैंसे मानिसले १४ वर्षको उमेरमा यौनसम्पर्क राखेको रश्मि बताउँछिन् । सडकमा बास हुँदा खान दिने कोही थिएन, सधै त्यही बाटो भएर हिँड्ने एउटा २८/३० वर्षको मानिसले खाना ख्वाउँछु भनेर लग्यो अनि यौन प्रस्ताव राख्यो । उनले भनिन्– दुई–चार दिन खाना ख्वायो, जोबन पनि लुट्यो । पछि आउन पनि छाड्यो अनि मैले आफैंले जिउनका लागि त्यसैलाई व्यवसाय बनाए । त्यतिबेला आफू चुरोटको लतमा भएको उनी बताउँछिन् । यौन व्यवसायमा फसेसँगै बिस्तारै चुरोट हुँदै गाँजा अनि अहिले सिरिन्जको माध्यमबाट ड्रग्सको नसामा पुगेको रश्मिले बताइन् । अध्ययनले पनि लागूऔषध प्रयोगकर्ताहरू १५ वर्ष पनि नपुगी बलात्कारको सिकार भएको देखाएको छ, जसको संख्या ३० प्रतिशत छ । सानैमा बलात्कारको सिकार भएका कारण कतिपयले पछि त्यसैलाई व्यवसाय बनाएको पाइन्छ भने कतिपय जीवनदेखि दिग्दार भै लागूपदार्थ दुव्र्यसनी भएको पाइएको खतिवडा बताउँछन् ।
जथाभावी यौनसम्पर्क
सरकारले गरेको एकीकृत जैविक तथा व्यवहारिक सर्भेमा संलग्नमध्ये सिरिन्जमार्फत ड्रग्स प्रयोग गर्ने ८९ प्रतिशतले पछिल्लो एक वर्षभित्र दुई वा दुईभन्दा बढी मानिससँग यौनसम्बन्ध राखेको बताएका थिए । कुराकानीका क्रममा एक जनाले मात्र सधैं ड्रग्स उपलब्ध गराउन नसक्ने हुँदा धेरै जनासँग यौन सम्पर्क गर्न आफूहरू बाध्य भएको धेरैले बताएका थिए । त्यसरी धेरै जनासँग यौनसम्पर्क गर्दा आफूहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ख्याल नगरिएको पाइएको थियो । जथाभावी यौनसम्पर्क राख्ने र धेरै जनासँग सिरिन्ज साट्दा एचआईभी एड्स, हेपाटाइटीस बी, सीजस्ता यौनजन्य संक्रमणहरूको जोखिम उच्च रहने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौड्याल बताउँछन् । धेरै जनासँग यौनसम्पर्क राख्ने जो कोही पनि यौन जन्य रोगको उच्च जोखिममा हुन्छ । डा. पौड्याल भन्छन्, अझ उनीहरू त सिरिन्जबाट पनि रगतको संक्रमण हुने जोखिममा हुन्छन् । यसरी जथाभावी यौनसम्पर्क गर्ने दुव्यसनीहरूमध्ये धेरैलाई यौनरोगका बारेमा जानकारी भए पनि वास्ता नगरेको पाइएको थियो ।
२० वर्षदेखि २४ वर्षका दुव्र्यसनी बढी
उपत्यकामा सिरिन्जबाट लागूपदार्थ प्रयोग गर्नेमा १५ वर्षदेखि ३९ वर्षसम्मका महिला रहेको अनुसन्धानमा संलग्नहरूको दाबी छ, जसमा २० वर्षमुनिका २ प्रतिशत छन् । सबैभन्दा बढी २० देखि २४ वर्ष उमेर समूहका छन् । लागूपदार्थ सेवन गर्नेमा उक्त उमेर समूहका ३९ प्रतिशत छन् भने २५ देखि २९ वर्षका १९ प्रतिशत तथा ३० देखि ३५ वर्षका १५ प्रतिशत अनि ३५ देखि ३९ वर्षका ६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । सुईबाट लागूऔषध लिनेमध्ये ५९ प्रतिशतले आफू २० वर्ष नै नपुगी लागूऔषध लिन थालेको बताएका छन् । उनीहरूमध्ये १६ प्रतिशतले दुई वा दुईभन्दा बढीसँग सुई साटासट गर्ने जानकारीसमेत दिएको सर्वेक्षक खतिवडाको भनाइ छ । त्यसमा ६ प्रतिशतले नजिकका मानिस वा नातेदारले पहिले नै प्रयोग गरिसकेको सुई लगाउने तथा ९ प्रतिशतले यौन साथीसँग सिरिन्ज साट्ने गरेको बताएका थिए ।
२७ प्रतिशत प्लसटु माथिका
सर्वेक्षणमा सहभागी भएकामध्ये उच्च शिक्षा पढेका (प्लस टु वा सोभन्दा माथि) २७ प्रतिशत महिलाले सुईबाट लागूऔषध सेवन गर्ने गरेको पाइएको छ । उच्च घरानका कतिपय महिलाहरू पनि यस्तो संगतमा फसेको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी धीरु बस्न्यात बताउँछन् । घरेलु हिंसामा परेर घरपरिवार छोडेका, साथीभाइको संगत, अध्ययनपछिको बेरोजगारी तथा नैराश्यताका कारण धेरै शिक्षित महिला यो दुव्र्यसनमा आएको बस्न्यात बताउँछन् । अध्ययनअनुसार सबैभन्दा बढी माध्यमिक तह अध्ययन गरेका महिला यस्तो कार्यमा संलग्न छन् । सर्भेक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार माध्यमिक तह अध्ययन गरेका ४९ प्रतिशत महिला दुव्र्यसनमा संलग्न छन् । माध्यमिक तह वा त्यसभन्दा माथिल्लो तहमा पुगेकाहरूले पनि सुईबाट लागूऔषध लिने तथ्यले युवाहरू विशेष गरी टिनएजमै यो कुलतमा पर्न थालेको देखाउँछ । त्यस्ता दुव्र्यसनीमध्ये नपढेका ९ प्रतिशत, अक्षर मात्र चिनेका ३ प्रतिशत तथा प्राथमिक तह पढेका १२ प्रतिशत छन् ।
स्रोत:कान्तिपुर साप्ताहिक

Reviewed by Unknown
on
3:57 AM
Rating:
Reviewed by Unknown
on
3:57 AM
Rating:

No comments: