झरीले नारायणगढ–मुग्लिन सडक बग्यो, हजारौं सवारी अलपत्र

निरन्तर परेको झरीले नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा सडक बगाएको छ । त्रिसुली किनारतर्फको आधा सडक बगाएपछि हजारौं सवारी रोकिएका छन् । ९ मिटर चौडा सडकमध्ये ४ मिटर बगेको छ ।

करिव ५० मिटर लम्बाईमा सडक बगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । आधा सडक बगेपछि एकतर्फी सवारी चलाउन पनि समस्या भएको छ । एकतर्फी सडक सञ्चालन गर्न पनि कम्तिमा ७ मिटर चौडा आवश्यक पर्ने खनालले बताए ।

 दुवैतर्फ सवारी चाप बढेपछि खुलाउने पहलका लागि सरोकारवालाहरुले अध्ययन सुरु गरेका छन् । तर, रातभर परेको पानी नरोकिएकाले समस्या पैदा भएको छ ।
Source : Kantipur
झरीले नारायणगढ–मुग्लिन सडक बग्यो, हजारौं सवारी अलपत्र झरीले नारायणगढ–मुग्लिन सडक बग्यो, हजारौं सवारी अलपत्र  Reviewed by Unknown on 8:29 PM Rating: 5

No comments:

Powered by Blogger.