देश टुक्राउने माग राख्ने सिके राउतका कार्यकर्ताको रामधुलाई, कठोर बन्दै सरकार


छुट्टै स्वतन्त्र मधेश राज्यको माग गर्ने डा. सिके राउतका सर्मथकहरुलाई प्रहरीले कारवाही थालेको छ ।
आईतबार सिराहको लहानमा प्रहरी नियन्त्रणमा रहेका राउतका कार्यकर्तालाई अदालत लैजाने क्रममा उनीहरुका आफन्तले बाटोमै अवरोध पुर्‍याएपछि प्रहरीले बल प्रयोग गरेर हटाएको थियो ।
ठुलो सड्ख्यामा जम्मा भएका कार्यकर्ताहरुले केहीदिनअघि पक्राउ परेका राउतका १० जना कार्यकर्तालाई अदालत लैजान अवरोध पुर्‍याएका थिए । उनीहरुले नाराबाजी गर्दैं प्रहरीमाथी नै आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेर उपस्थित कार्यकताहरुलाई तितरबितर पारेको थियो । सो घटनामा केही प्रहरी सुरक्षाकर्मी र प्रर्दशनकारीहरु समेत घाईते भएका छन ।
देश टुक्राउने माग गर्ने स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई प्रहरीले माघ २० गते राज्यबिरुद्धको अपराध मुद्दामा पक्राउ गरेको छ । राउतको पक्राउपछि सो क्षेत्रमा उनका समर्थकहरुले प्रर्दशन गर्दै आएका छन । देश टुक्राउने अभिव्यक्ति दिने सिके राउतमाथी सरकारले कारवाही नगरेको भन्दै लामो समयदेखी सामाजिक संजालमा सरकारको चर्को आलोचना हुँदै आएको थियो ।
स्रोत : अन्नपूर्ण 
देश टुक्राउने माग राख्ने सिके राउतका कार्यकर्ताको रामधुलाई, कठोर बन्दै सरकार देश टुक्राउने माग राख्ने सिके राउतका कार्यकर्ताको रामधुलाई, कठोर बन्दै सरकार Reviewed by Unknown on 5:06 AM Rating: 5

No comments:

Powered by Blogger.