रुपन्देहीको दक्षिणी क्षेत्रमा तनावग्रस्त, ३ प्रहरी घाइते हतियार पनि लुटियो
रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रमा तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।
झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको उनले बताए ।
‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन (हतियार) लुटिएको छ’ एसएसपी थापाले भने, ‘हतियारको खोजी भइरहेको छ ।’ शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । यो घटनालाई नै झडप भएको भएका र यसमा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका छ । स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ ।
झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको उनले बताए ।
‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन (हतियार) लुटिएको छ’ एसएसपी थापाले भने, ‘हतियारको खोजी भइरहेको छ ।’ शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । यो घटनालाई नै झडप भएको भएका र यसमा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका छ । स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ ।
रुपन्देहीको दक्षिणी क्षेत्रमा तनावग्रस्त, ३ प्रहरी घाइते हतियार पनि लुटियो
Reviewed by Unknown
on
5:28 AM
Rating:
Reviewed by Unknown
on
5:28 AM
Rating:

No comments: