अब मोटरसाइकलले पनि दिनेछन ‘ट्याक्सी सेवा’ यसरी ,हेर्नुहोस्


काठमाडौंको एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्दा अब तपाईलाई मोटरसाइकलले नै 'ट्याक्सी सेवा' दिने भएको छ।
 
यसका लागि तपाईले टुटल एपको प्रयोग गर्नुपर्दछ। यो एपको माध्यमबाट आफू भएको ठाउँमा मोटरसाइकललाई बोलाउन सकिन्छ। यो सेवा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म रहने टुटल एप कम्पनीले जनाएको छ।
 
आफू रहेको ठाउँ र पुग्न चाहेको गन्तव्य तथा समय लेखेर एपमार्फत प्रस्ताव गरेपछि एपमा आवद्ध नजिकैको दुरीमा भएका मोटरसाइकल चालकलाई प्रस्ताव जान्छ र ति चालकले सेवा दिन सक्नेछन्। 
 
यो एपमा मोटरसाइकल चालक पनि सहभागी हुन सक्ने टुटल एप कम्पनीले जनाएको छ। सेवा दिनका लागि ५ सय मोटरसाइकलको सहभागिता भइरकेको कम्पनीले जनाएको छ।
 
कम्पनीका अनुसार दैनिक ४० भन्दा बढी संख्याले यो सेवा लिइरहेका छन्। यो सेवा लिइसकेपछि सेवाग्राहीले न्यूनतम अर्थात ३ किलोमिटरसम्मको दुरीमा यात्रा गर्दा ५० रुपैयाँ शुल्क बुझाउनुपर्दछ।
 
त्यसपछि प्रतिकिलोमिटर १२ रुपैयाँका दरले थप शुल्क लाग्ने बताइएको छ। यो शुल्कबाट २० प्रतिशत कम्पनीलाई र बाँकी रकम मोटरसाइकल चालकले पाउने छन्। 
 
यसबाट यात्रुहरुलाई केही हदसम्म सहजता मिल्ने कम्पनीले विश्वास लिएको छ। 
स्रोत : सेतोपाटी 
अब मोटरसाइकलले पनि दिनेछन ‘ट्याक्सी सेवा’ यसरी ,हेर्नुहोस् अब मोटरसाइकलले  पनि दिनेछन  ‘ट्याक्सी सेवा’ यसरी ,हेर्नुहोस् Reviewed by Unknown on 6:06 AM Rating: 5

No comments:

Powered by Blogger.