कति सजिलै कपडा खोलिदिएको नि ज्योति ?

तुलसीपुर –‘अब तपाईँको सामु तपाइकै सेक्सी ज्योती मगर आउँदै हुनुहुन्छ’ भन्ने उद्घोष मञ्चबाट हुने वित्तिकै दर्शकहरुको हुटिङ, होहल्ला र तालीले महाेत्सव स्थल गुञ्जायमान भयो ।

हाँस्यव्यङग्य कलाकार कमल गाउँलेको पटक पटकको उद्घोषले ज्योति मगरलाई बसेको ठाउँबाट मञ्चको अगाडि आउँदा सम्म लागेको समय उनको प्रतिक्षामा बसेका दर्शकलाई निक्कै लामो लाग्यो । ज्योति मगरको प्रस्तुती जब सुरु भयो तव हुटिङ र होहल्ला सुरु भयो ।

‘जिम्माल बाउकी छोरी अध्याँरोमा लाको मायाँ कालो हो कि गोरी’ भन्ने गीत गाउँदै ज्योतिले अाफूले लगाएकाे ज्याकेटनै खोलेपछि हजारौं दर्शक सहभागि भएको कार्यक्रममा हुटिङ झन् बढ्यो । ज्योतिको प्रस्तुतिले नजिकमा रहेका युवाहरु उनको फोटो खिच्न तछाडमछाड गर्न थाले भने पछाडि रहेका युवाहरुले उफ्रिदै अगाडि बसेकाहरुलाई घुचट्न थाले ।


 उनको प्रस्तुतिको नसामा लठ्एिका युवाहरुको उफ्राईका कारण बालबच्चाहरु संग बसेका आमा र वृद्धहरुलाई बसिनसक्नु भयो । त्यति मात्र हैन ज्योतिको प्रस्तुतिका कारण युवाको हुटिङ र होहल्लाले भिड नियन्त्रण गर्न प्रहरी र स्वयमसेवकलाई हम्मेहम्मे भएको थियो । दाङको तुलसीपुरमा गत माघ १३ गते देखि जारी मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलाको रौनक हो यो ।

हिजो आज ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिले तुलसीपुरमा मोहोत्वस र्हेन आएका दर्शकहरु यसै गरि झुम्ने गरेका छन् ।
कति सजिलै कपडा खोलिदिएको नि ज्योति ? कति सजिलै कपडा खोलिदिएको नि ज्योति ? Reviewed by Unknown on 6:27 AM Rating: 5

No comments:

Powered by Blogger.