पूर्वसेनापतिका छोराको १४ लाख पर्ने घडी चोरी तर घडी कांग्रेस सांसद्को खल्तीमा भेटिएपछि..
अहिलेका चल्तीका नेता मध्येकै एक नेताले बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनमा चोरी गरेको घटना सार्वजनिक भएको छ ।
पूर्व सेनापति छत्रमान सिंह गुरुङका छोराको रोलेक्स घड़ी घडी कांग्रेस सांसद्ले चोरेको खुलासा प्रहरीले गरेको हो । चोरी कसरी भयो भन्ने रोचक सामाग्री पहिलो पोष्टले सार्वजनिक गरेको छ । बुधबार र्याडिसन होटलमा एकाएक तनाव छायो।
त्यहाँको जिमको लकरबाटै एउटा घडी हरायो। सामान्य घडी हराएको भए त्यति ठूलो तनावको विषय हुने थिएन। घडी र घडी हराउने मानिस दुई वटै विषय तनावमाथि तनाव थपिने विषय थियो। घडी रोलेक्स थियो। बजार मूल्य अन्दाजी १४ लाख रुपैयाँ पर्ने।
ठूलो मूल्यको घडी हराएपछि घडी मालिक प्रबलमान सिंह गुरुङ तनावमा आए । लन्डनको एउटा ख्यातिप्राप्त रियल स्टेट कम्पनीका डाइरेक्टर गुरुङले तनाव सार्वजनिक गरे । उनले घडी हराएको कुरा आफ्ना बुबा अर्थात् पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङसम्म पुर्याए ।
छोराको १४ लाख पर्ने घडी हराएको कुराले गुरुङ समेत तनावमा आए । महंगो घडी हराएपछि घडी मालिक प्रवल समेत चुपचाप बसेनन् । उनले होटल व्यवस्थापनमाथि पश्न उठाए । घडी हराएको सूचना तत्कालै दरबारमार्ग प्रहरी बृत्तमा पुग्यो ।
महंगो मूल्यको घडी ठूलो होटलबाट हराएको सूचनापछि प्रहरीले अनुसन्धान सुरुगर्यो । प्रहरीले घडी राखिएको जिमको लकरसम्म पहुँच भएका व्यक्तिको फिङ्गर प्रिन्ट लिएर अनुसन्धान अगाडि बढाउने निर्णय लियो । प्रहरीले उच्च व्यक्तिले नै उक्त घडी लगेको हुन सक्ने अनुमान गर्दै यस्तो निर्णय गरेको थियो ।
घडी मालिकलाई प्रहरीले घडी पत्ता लागिसकेको जानकारी गराए पनि चोरको नाम भने भनेन । घडी हराउने र चोर्ने दुवै व्यक्ति हाइप्रोफाइलका भएपछि प्रहरीलाई घटना सार्वजनिक गर्न समेत कठिनाइ भएको देखिन्छ ।
प्रहरी अनुसन्धानबाट एक सांसदले घडी चोरेको खुल्दै गएको थियो । प्रहरीले अनुसन्धानका लागि भन्दै फिङ्गर प्रिन्ट लिन भन्दै तिनै सांसदलाई फोन गर्यो । यसरी प्रहरीको फोन गएपछि ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् रामहरि खतिवाडा घडी लिएर प्हरी वृत्त दरबारमार्ग पुगे र घडी दिदै भने, ‘कसले मेरो गोजीमा घडी राखिदिएछ । मलाई थाहै भएन ।’
प्रहरीले घडी पत्ता लगायो तर कसरी सांसद्को गोजीमा घडी पुग्यो भन्ने तथ्य भने अझै सार्वजनिक भएको छैन् । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएको छ । ओएस नेपालको सहयोगमा
हामीले यो न्युज पूर्वेली न्युज बाट साभार गरेका हौँ
पूर्वसेनापतिका छोराको १४ लाख पर्ने घडी चोरी तर घडी कांग्रेस सांसद्को खल्तीमा भेटिएपछि..
Reviewed by Unknown
on
1:57 AM
Rating:
Reviewed by Unknown
on
1:57 AM
Rating:

No comments: