अष्ट्रेलिया घुम्न आएका दुई जना नेपाली युवा पक्राउ

म्याकडोनल्ड रेष्टुरेन्टमा भएको झडपमा सलग्न दुइजना नेपालीलाइ सीड्नी प्रहरीले पक्राउ गरेको छ। अष्ट्रलिया घुम्न आएका दुइ जना नेपालीले सीड्नीमा रहेको म्याक्डोनल्ड रेष्टुरेन्टमा एक युवतीमाथी हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

नेपालबाट भिजीटिङ भिसामा अष्ट्रेलिया घुम्न आएका पवन श्रेष्ठ र नोर्वु शेर्पाले म्याकडोनल्ड रेष्टुरेन्टमा युवतीमाथी हातपार गरेपछि सुरु भएको झगडालाइ ठुला रुप लगेपछि प्रहरी आएर नियन्त्रण गर्नु परेको थियो। खाना खान पुगेका दुइ नेपाली र युवकले हातपात गरेलगत्तै युवतीका केटा साथीले पवन श्रेष्ठमाथी प्रत्याक्रमण गरेका थिए।

आक्रमणमा पवन श्रेष्ठ सामान्य घाइते भएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार घटना लगत्तै रेष्टुरेन्ट तनाबपुर्ण बन्न पुगेको थियो। उपस्थित मानिसहरुले झगडा साम्य पार्ने कोसिस गरे पनि सफल हुन नसकेपछि प्रहरी बोलाइएको थियो।

सीड्नी प्रहरीले बताए अनुसार प्रहरीले दुबैजना नेपाली युवालाई पक्राउ गरेको र पासपोर्ट जफत गरेको छ। प्रहरीका अनुसार झगडामा सलग्न दुइ नेपाली यूवकबिच चिनजान समेत छैन।

पर्यटक भिसामा अष्ट्रेलियामा आएका श्रेष्ठ र शेर्पा विरुद्ध मुद्दा चलाइएको र आउँदो फेब्रुअरीमा अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। रेष्टुरेन्टमा झगडा गरिरहेको भिडियो ७ न्युजले सार्वजानिक गरको थियो।


Source: Setopati.com

अष्ट्रेलिया घुम्न आएका दुई जना नेपाली युवा पक्राउ अष्ट्रेलिया घुम्न आएका दुई जना नेपाली युवा पक्राउ Reviewed by Himalaya Times Express on 2:33 PM Rating: 5

No comments:

Powered by Blogger.