केराको बोक्रा एक, फाइदा अनेक (हेर्नुहोस् यसका विशेषताहरु)




1. केराको बोक्रा प्रयोग गरेर पनि स्वास्थ्य लाभ गर्न सकिन्छ ।
2. पीडा हुने ठाउँमा केराको बोक्रा पिसेर लगाउँदा आराम मिल्छ ।
3. कीराले टोकेको वा अरू कुनै कारणले पोलेको वा जलन भएको ठाउँमा केराको बोक्रा रगड्दा आराम हुन्छ । 4. केराको बोक्रा कुहिना तथा घुँडाका कठोर छालालाई सुन्दर र मुलायम बनाउन प्रयोग गर्न सकिन्छ ।
5. अनुहारको तीलकोठीमा पनि केराको बोक्रा रगड्नाले फाइदा हुन्छ ।
6. कुनै कारणले छालामा दाग देखिए केराको बोक्रा रगड्दा दाग हराउँदै जान्छ ।
7. दाँतलाई प्राकृतिक रूपमा चम्काउन पनि केराको बोक्रा प्रयोग गर्न सकिन्छ ।
8. केराको बोक्रामा पाइने ल्युटेन नामक एन्टिअक्सिडेन्टले आँखालाई सुरक्षित राख्छ ।
9. त्यसका लागि केराको बोक्रालाई आँखामा पाँच मिनेटसम्म राख्नुपर्छ ।

 Source: eKantipur (Saptahik)
केराको बोक्रा एक, फाइदा अनेक (हेर्नुहोस् यसका विशेषताहरु) केराको बोक्रा एक, फाइदा अनेक (हेर्नुहोस् यसका विशेषताहरु) Reviewed by Himalaya Times Express on 2:17 PM Rating: 5

No comments:

Powered by Blogger.