आगामी चैत देखि काठमाडौँमा साना सवारी साधान हटाउने


माघ ५, २०७३ यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ ।

विभागले उपत्यकामा सवारी साधनको अत्यधिक चाप बढेको भन्दै माइक्रोबस, मिनी माइक्रो लगायत चारपाङ्ग्रे साना सवारी साधन विस्थापन गर्ने तयारी गरेको हो । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिने विभागले जनाएको छ ।

विभागले ती सवारी सञ्चालकलाई सुविधा उपलब्ध गराएर आगामी चैतदेखि साना सवारी हटाउने कार्य सुरु गरिने तयारी गरेको छ । करिब एक वर्षको समय अवधिमा ५० प्रतिशत सवारी विस्थापित गरिने अनुमान विभागले गरिएको छ ।

त्यसैबिच, आगामी फागुनको तेस्रो हप्तादेखि २० वर्ष पुगेका सरकारी तथा निजी सवारी साधनलाई पनि विस्थापित गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

Source: eKantipur (कान्तिपुर)
आगामी चैत देखि काठमाडौँमा साना सवारी साधान हटाउने आगामी चैत देखि काठमाडौँमा  साना सवारी साधान हटाउने Reviewed by Himalaya Times Express on 8:20 AM Rating: 5

No comments:

Powered by Blogger.