तपाइंको आजको राशिफल: मिति २०७३ साल माघ ५ गते। बुधबार। (18 January 2017)
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अप्रिय समाचारले दुःखी बनाउन सक्छ। पढाइलेखाइमा प्रगति गर्न नसकिएला। व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, निराश नहुनुहोस्, लगनशीलताले स्थितिमा सुधार ल्याई बिस्तारै सफलता दिलाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काम बिग्रने डरले सताउन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। पुरानो गतिले काम बिग्रन सक्छ। मान्यजनको सुझावप्रति अविश्वास बढ्नेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोग लिँदा चिताएको काम सम्पादन गर्न सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफ्ना कमजोरीप्रति अरूले आलोचना गर्न सक्छन्। काममा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। मान–सम्मानमा आघात पर्ने देखिन्छ। हडबडीले आँटेका काममा समस्या निम्त्याउन सक्छ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। चिताएको काममा बाधा पुग्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। समयमा काम सम्पादन नहुँदा चिताएको फाइदा उठाउन नसकिएला। प्रतीक्षित नतिजा कमजोर होला। तापनि, मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले आशा जगाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साहित तुल्याउनेछ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। चाँडै फाइदा लिन खोज्दा नोक्सान व्यहोर्नुपर्ला। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने योग छ। चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र सञ्चित सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। विभिन्न भौतिक साधन जुट्नेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
Source: Nepalipatro (नेपाली पात्रो)
Source: Nepalipatro (नेपाली पात्रो)
तपाइंको आजको राशिफल: मिति २०७३ साल माघ ५ गते। बुधबार। (18 January 2017)
Reviewed by Himalaya Times Express
on
1:45 PM
Rating:
Reviewed by Himalaya Times Express
on
1:45 PM
Rating:

No comments: