वास्तु शास्त्रका अनुसार सुख पाउनुछ भने यसरी राख्नुहोस् भगवानको मुर्ति.....विस्तारमा

वास्तु शास्त्रका अनुसार सुख पाउनुछ भने यसरी राख्नुहोस् भगवानको मुर्ति.....विस्तारमा

वास्तु शास्त्रका कुराः दुःख पाउनु छैन भने कहिले नगर्नुहोस् भगवानका यी ५ मूर्तीको दर्शन

हरेकको घरमा भगवानको मूर्ती र तस्बिर हुन्छन् तर निकै कमलाई थाहा हुन्छ कि सबै मूर्ती शुभ प्रभाव दिने किसिमको हुँदैन ।
वास्तुको अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन गर्नु मानिसको लागि अशुभ प्रभावको कारण पनि बन्न सक्छ ।
आज हामी तपाईंलाई भगवानका यस्तो केही स्वरुप र मूर्तीको बारेमा बताउँदै छौं जसको दर्शन गर्नु राम्रो मानिँदैन ।
घरमा भगवानको मूर्ती राख्दा भगवानको पछिल्लो भाग देखिनु हुँदैन । भगवानका् पछिल्लो भाग हेर्नु शुभ मानिँदैन ।

पूजा कोठामा एउटै भगवानको दुई मूर्ती राख्नु राम्रो मानिँदैन । विशेषगरी, दुई मूर्तीलाई आमने–सामने राख्नु हुँदैन । यसरी राखिएको मूर्ती दर्शन गर्दा पटक–पटक झगडा हुन्छ ।

कुनै मूर्तीसँग तपाईंको गहिरो आस्था हुनसक्छ । तर मूर्ती यदि टुटे फुटेको छ भने त्यसको दर्शन गर्नु राम्रो मानिँदैन । यस्तो मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुनसक्छ ।

मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसमा भगवानको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ । रौद्र र उदास मूर्तीको दर्शन गर्दा नकारात्मक ऊर्जाको संचार हुने गर्दछ ।

युद्ध गरिरहेको वा कसैको विनास गरिरहेको भगवानको मूर्तीको दर्शन गर्नु हुँदैन । यसो गरिए दुःखको कारण बन्नसक्छ ।

 Source: Ratopati (रातोपाटी )
वास्तु शास्त्रका अनुसार सुख पाउनुछ भने यसरी राख्नुहोस् भगवानको मुर्ति.....विस्तारमा वास्तु शास्त्रका अनुसार सुख पाउनुछ भने यसरी राख्नुहोस् भगवानको मुर्ति.....विस्तारमा Reviewed by Himalaya Times Express on 12:56 PM Rating: 5

No comments:

Powered by Blogger.