आजको राशिफल: मिति २०७३ साल माघ ६ गते। बिहीबार। (19 January 2017)

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। रकम तथा भौतिक साधन जुट्नेछ भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। अरूका विषयमा चासो लिने बानीले समस्या निम्त्याउन सक्छ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत पाइनेछ। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। हल्लाको भर पर्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। साँझदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुनेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नो मेहनतबाट अरूले लाभ उठाउने कोसिस गर्नेछन्। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। अरूकै फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्नेछन्। साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिएलान्। पहिले दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्न सक्छ। चिताएको काम बिग्रने डरले सताउनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, साँझदेखि रोकिएका काम बन्नेछन्भ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
चिताएको काम बने पनि धेरै फाइदा उठाउन नसकिएला। साइनो गाँस्नेहरूले व्यवहारमा अप्ठ्यारो पार्न सक्छन्। अरूको सुझावमा भर नपर्नुहोला। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतले केही अवसर दिलाउनेछ। साँझदेखि बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला। ईर्ष्या गर्नेहरूले सताउलान्। अरूको विषयमा चासो लिँदा समस्यामा परिनेछ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि टाढाका साथीभाइको निम्तो प्राप्त होला। साँझदेखि स्थितिमा केही सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। पारिवारिक भेटघाटले मन शान्त हुनेछ। स्वास्थ्यमा समस्या देखिनाले काममा बाधा होला। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट राम्रै लाभ मिल्नेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। तर साँझदेखि ऋणभार भने बढ्ने सम्भावना छ। र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउनेछ भने समय दिन नसक्दा काम बीचैमा रोकिन सक्छ। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। साँझदेखि आम्दानी बढ्ने काम प्रारम्भ गर्ने मौका छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। नयाँ जिम्मेवारी समेत प्राप्त हुन सक्छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अरूका लागि जुट्नुपरे पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। कामको मूल्याङ्कन हुनेछ, उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मेहनत गर्दा भाग्यले साथ दिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। साँझदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। चुनौती सामना गर्नुपर्ला। तापनि, सहयोगी जुटाउने प्रयास गर्नुहोला, चिताएको काम बन्न सक्छ।


Source: Nepalipatro (नेपाली पात्रो)
आजको राशिफल: मिति २०७३ साल माघ ६ गते। बिहीबार। (19 January 2017) आजको राशिफल: मिति  २०७३ साल माघ ६ गते। बिहीबार। (19  January  2017) Reviewed by Himalaya Times Express on 11:32 AM Rating: 5

No comments:

Powered by Blogger.