यमबुद्धले आत्महत्या गर्नुका कारण यस्तो छ, शव नेपाल ल्याउने तयारी

लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् ।

रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए । रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको छ ।

बंगारा भाँचिनुलाई सामान्य मानिएको छ । शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए । पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए ।

बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा खुलेन । पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उनले किन पासपोर्ट च्याते त्यो चाहिं खुलेको छैन् ।हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ ।

उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् ।

Source: Purbeli News 
यमबुद्धले आत्महत्या गर्नुका कारण यस्तो छ, शव नेपाल ल्याउने तयारी यमबुद्धले आत्महत्या गर्नुका कारण यस्तो छ, शव नेपाल ल्याउने तयारी Reviewed by Himalaya Times Express on 8:30 AM Rating: 5

No comments:

Powered by Blogger.