विवाह भएको ४ दिनमै झुन्डिएको अबस्थामा फेला परिन राधा चैत ४ , बुटवल | बुटवल बहुमुखी क्याम्पसमा प्रथम बर्षमा अध्यनरत छात्रा राधिका न्यौपाने झुन्डिएको अवस्थामा फेला परेकी छन् । राधिकालाई झुण्डीइरहेको अवस्थामा आज साझ करिब ७ बजे बुटवल स्थित बाग्लुङ बुर्तिबाङ होटलमा फेला पारिएको हो । बुटवलको दुर्गा मन्दिर लाइनमा रहेको उक्त होटलमा झुन्डिएको खबर पाएलगत्तै पुगेको प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । राधिकाको आत्महत्या वा हत्या भन्ने बिषय भने अझै खुल्न सकेको छैन । स्थानीयले घटनालाई नियाल्दा हत्या भएको हुन सक्ने आशंका गरेका छन् । पाल्पा पूर्वखोलाकी राधिका न्यौपानेले ४ दिनअघि मात्र विवाह गरेको खुलेको छ । http://www.emechi.com/2018/03/6362/ दुखद खबर:विवाह भएको ४ दिनमै झुन्डिएको अबस्थामा फेला परिन राधा http://www.mirrornepal.tk/%E0%A4%A6%E0%A5%81%E0%A4%96%E0%A4%A6-%E0%A4%96%E0%A4%AC%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B9-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A5%AA-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A4%AE/
Reviewed by Unknown on 8:52 AM Rating: 5

No comments:

Powered by Blogger.