रोनाल्डोले गरे ५० औं ह्याट्रिक यसरी म्याड्रिड — क्रिस्टियानो रोनाल्डोको ५० औं ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार राति स्पेनी ला लिगमा गिरोनालाई ६–३ ले हरायो र लिग तालिकाको तेस्रो स्थानमा उक्लियो । रोनाल्डोले खेलमा कुल चार गोल गरे । उनले ११, ४७, ६४ र इन्ज्युरी समयमा गोल गरे । रियलको जितपछि ६० अंक भएको छ । यसअघि लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले एथलेटिको बिलबाओलाई २–० ले हरायो । एटलेटिको म्याड्रिड भने भिल्लारियलको हातबाट २–१ ले पराजित रह्यो । बार्सिलोनाको ७५ अंक छ भने एटलेटिको ६४ अंकमा दोस्रोमा छ । रियलको ६० अंक भएको छ । https://www.kantipurdaily.com/sports/2018/03/19/152142290439225632.html
Reviewed by Unknown on 9:04 AM Rating: 5

No comments:

Powered by Blogger.