सम्भावित अध्यक्ष उपाध्यक्ष देखि राष्ट्रिय सभा सदस्यहरुको चर्चा सुरु! को बन्ला राष्ट्रिय सभाको अध्यक्ष, यस्तो छ तयारी
राष्ट्रिय सभाको निर्वाचन मिति तोकेर निर्वाचन आयोगले प्रदेश स्तरमै निर्वाचन तयारी सुरु गरेपछि राजनीतिक दलहरुले उम्मेदवारको गृहकार्य थालेका छन् । हरेक प्रदेशबाट ३ महिला दलित १ जना र अल्पसंख्यक आदिवासी वा अपांगता भएकाबाट १ सहित ८ जनाका दरले सदस्य चयन हुने व्यवस्था अनुसार प्रदेश स्तरबाटै उम्मेदवार चयनको तयारी थालिएको छ । संयुक्त बाम गठबन्धनका तर्फबाट प्रदेश मुख्यमन्त्री तथा राष्ट्रिय सभाको तयारीका लागि छलफल सुरु भएसंगै सम्भावित अध्यक्ष उपाध्यक्ष देखि राष्ट्रिय सभा सदस्यहरुको चर्चा सुरु भएको छ ।
केही दिनअघि मोहनविक्रम सिंह र नेकपा माओवादी अध्यक्ष प्रचण्डबीचको भेटघाटपछि नेपाली राजनीतिमा नयाँ विश्लेषण सहितको चर्चा सुरु भएको छ । प्रतिनिधि तथा प्रदेश सभामा बाम गठबन्धनमा सहभागी भएको राष्ट्रिय जनमोर्चाका नेता मोहनविक्रम सिंह सहितको उपस्थितिमा अब बन्ने संघीय संसदलाई पूर्णता दिने गरी बाम गठबन्धनका नेताहरुले गृहकार्य गरेको स्रोतको दावी छ ।
विश्वस्त स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोहनविक्रम सिंहलाई राष्ट्रिय सभाको अध्यक्ष बन्ने गरी पार्टी एकता प्रक्रियामा लाग्न प्रस्ताव गरेका छन् । बाम गठबन्धनको कार्यदलमा भने राष्ट्रिय सभाको अध्यक्ष बन्ने व्यक्तिको खोजि स्वरुप मशालका मोहनविक्रम सिंह, नेकपा एमालेका माओवादी केन्द्रका भरतमोहन अधिकारी र अमिक शेरचनको नाम आएको छ । राष्ट्रिय सभाको अध्यक्षमा गर्विलो इतिहास बोकेका नेताको उपस्थितिको अपेक्षा सहित अनौपचारिक छलफल भएको बताए पनि औपचारिक रुपमा यस्तो एजेण्डा नआएको कार्यदलका एक नेताले बताएका छन् ।
मोहनविक्रम सिंहलाई अध्यक्षमा सार्ने र एमालेबाट उपाध्यक्षमा महिला उम्मेदवार बनाउने विषयमा पनि गृहकार्य भएको बुझिएको छ । एमालेबाट अग्रणी महिलाहरुमा केन्द्रीय सदस्य सुशिला नेपाल, अनेमसंघ उपाध्यक्ष सीता पौडेल लगायतको सम्भावित नामावली बनेको बुझिएको छ । यस्तै एमालेबाट राष्ट्रिय सभाको अध्यक्षमा भरतमोहन अधिकारीको नाम चर्चामा छ । पार्टीभित्र सबैको साझा अभिभावकत्व भूमिका निर्वाह गरेका पाको तर सक्रिय रहने स्वभावका नेता अधिकारीलाई सम्मानित पद राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्नेमा आवाज उठिरहेको बुझिएको छ । माओवादी केन्द्र भित्र संयोजनकारी भूमिकामा बस्ने नेता अमीक शेरचनलाई राष्ट्रिय सभाको अध्यक्षको रुपमा प्रस्तावित गर्ने गरी केही नेताहरुले गृहकार्य गरिरहेका छन् ।
अध्यक्ष उपाध्यक्षमा उम्मेदवार बनाउने देखि संघीय संसदमा लैजानैपर्ने नेताहरुको नामावली तयार गर्न कार्यदल लागेको कार्यदलका सदस्यहरुले बताएका छन् ।
Source:http://khabarchakra.com

Reviewed by Unknown
on
8:55 AM
Rating:
Reviewed by Unknown
on
8:55 AM
Rating:

No comments: