डेरा सरे प्रचण्डले पुत्र वियोगपछि
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड डेरा सरेका हुन्।
लाजिम्पाटबाट नुवाकोट सूर्यगढीमा जन्मिएका र हाल सैलुङकन्टक्सन प्रालिका निर्देशक समेत रहेका शारदाप्रसाद अधिकारीको ललितपुर महानगरपालिका १५ स्थित खुमलटारमा रहेको निवासमा प्रचण्ड डेरा सरेका हुन्।
प्रचण्ड शुक्रबार साँझबाटै खुमलटार बस्न थालेका छन्। प्रचण्डका नयाँ घरधनी अधिकारी माओवादी केन्द्रका समानुपातिक तर्फका सभासद सूचिका उम्मेदवार पनि हुन्। माओवादी निकट निर्माण व्यवसायी समेत रहेका अधिकारी नेपाल निर्माण व्यवसायी महासंघको सल्लाहकार पनि हन्।
अधिकारीको ललितपुर मानभवनमै रहेको अर्का घरमा भने यस अगाडी पनि माओवादी एकता प्रक्रिया सुुरु गर्ने बैठक बस्ने गरेको थियो। पछिल्लो पटक एमाले–माओवादी बीचको पार्टी एकताका लागि पनि एमाले माओवादीका शीर्ष नेताले सोही घर प्रयोग गरेका थिए।
अधिकारी प्रचण्डको पछिल्लो पटक पारिवारिक सहयोगीका रुपमा पनि रहदै आएका छन्। दाहालका छोरा प्रकाशले वीना मगरलाई विवाह गरी घर भित्राएपछि उनै अधिकारीले प्रकाश र वीनालाई संरक्षण दिएका थिए।
यी दुई पररिवारका बीचमा पारिवारिक सम्बन्धकै रुपमा आवतजावत हुँदै आएको थियो। चाडपर्व, जन्मोसत्वलगायतका विशेष पार्टी, सम्मेलनमा यी दुवैका परिवारबीचमा आवतवजावत हुने गर्दथ्यो।
समाचार स्रोत: अन्नपूर्ण पोस्ट (Annapurna Post)
डेरा सरे प्रचण्डले पुत्र वियोगपछि
Reviewed by DailyNEWS Updates
on
10:40 PM
Rating:
Reviewed by DailyNEWS Updates
on
10:40 PM
Rating:

No comments: