आजको राशिफल: वि.सं. २०७४ साल पुस ५ गते। बुधबार। (20 December 2017)
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्नेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ र न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझदेखि भने अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि नहुन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। साँझदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले उत्साह जगाउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मिहिनेत गर्दा बिस्तारै प्रगति हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। साँझदेखि भने सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा छोटो समयमै काम बन्नेछ। साँझदेखि विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने रमाइलो भेटघाटमा मन रमाउनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साँझतिर खर्च बढे पनि प्रयत्न गर्दा अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। व्यापार-मा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ।
हामीले यो पोस्ट नेपाली पात्रो (Nepali Patro) बाट लिएका हौं
हामीले यो पोस्ट नेपाली पात्रो (Nepali Patro) बाट लिएका हौं
आजको राशिफल: वि.सं. २०७४ साल पुस ५ गते। बुधबार। (20 December 2017)
Reviewed by DailyNEWS Updates
on
9:12 PM
Rating:
Reviewed by DailyNEWS Updates
on
9:12 PM
Rating:

No comments: