नेपाली चलचित्र प्रचारका लागि कलाकार तथा निर्माता निर्देशक निक्कै आक्रामक हुँदै!! यसरी बिकिनीका युवती सहित गीत रिलिज (भिडियो)

पछिल्लो समय चलचित्र चलाउँनका लागि विभिन्न फण्डाहरु अपनाउँने गरेका छन् कलाकारले । चलचित्र प्रचारका लागि कलाकार तथा निर्माता निर्देशक निक्कै आक्रामक हुँदै गैरहेका बेला चलचित्र चाहिँ त्यति अपेक्षाकृत हुन नसकेको दर्शकहरुको गुनासो पनि बढ्दो छ । चलचित्र प्रचारकै लागि चलचित्रकर्मीहरुले कतिसम्म गर्छन भन्ने पछिल्लो उदाहरण हो चलचित्र ‘रोमियो र मुना’ कार्यक्रम ।

चलचित्रको गीत सार्वजनिक कार्यक्रममा २ युवतीलाई ‘बिकिनी’मा निकालियो । चलचित्रका अभिनेता विनय श्रेष्ठका साथमा २ युवतीलाई ‘बिकिनी’मा उतारिएको हो । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत रिलिज गरेको चलचित्र युनिटको बिकिनीमा युवती प्रदर्शनलाई भने धेरैले भल्गर भनेर प्रतिकृया समेत दिएका छन् ।

 सार्बजनिक ‘स्याण्डविच सङ्ग’मा पनि विनय हट अबतारमा प्रस्तुत भएका छन् । नरेशकुमार केसीले निर्देशन गरेको चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् भने प्रज्वल सुजल गिरी लिडमा साथ दिएका छन् ।
साभार: कान्तिपुर साप्ताहिक (http://saptahik.ekantipur.com/news/2017-12-15/20171215131244.html)
तस्विर: महेश प्रधान


नेपाली चलचित्र प्रचारका लागि कलाकार तथा निर्माता निर्देशक निक्कै आक्रामक हुँदै!! यसरी बिकिनीका युवती सहित गीत रिलिज (भिडियो) नेपाली चलचित्र प्रचारका लागि कलाकार तथा निर्माता निर्देशक निक्कै आक्रामक हुँदै!! यसरी बिकिनीका युवती सहित गीत रिलिज (भिडियो) Reviewed by Unknown on 4:53 AM Rating: 5

No comments:

Powered by Blogger.