दलाई लामाले गौतम बुद्ध इन्डियामा जन्मेको भन्दै भ्रमको खेती फैलाउंदै

मंसिर ७, २०७४-धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो ।

संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी लामाबाट गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

समाचार स्रोत: कान्तिपुर (Kantipur.com)

दलाई लामाले गौतम बुद्ध इन्डियामा जन्मेको भन्दै भ्रमको खेती फैलाउंदै दलाई लामाले गौतम बुद्ध इन्डियामा जन्मेको भन्दै भ्रमको खेती फैलाउंदै Reviewed by DailyNEWS Updates on 7:29 AM Rating: 5

No comments:

Powered by Blogger.