ट्रक र मोटरसाइकल ठोक्किदा घटनास्थलमै दुईजनाको मृत्यु

परासी, मंसिर ७ । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १० बजे ना४ख ८६२२ नम्बरको ट्रकमा लु३६प ५९७४ नम्बरको मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकल चालक सुस्तापूर्व कावासोती नगरपालिका– ३ का रोशन ठाडा मगर र पछाडी सवार सोही स्थानका रत्नबहादुर आले रहेका छन् ।
उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
समाचार स्रोत: इमेज खबर (imagekhabar.com)
ट्रक र मोटरसाइकल ठोक्किदा घटनास्थलमै दुईजनाको मृत्यु ट्रक र मोटरसाइकल ठोक्किदा घटनास्थलमै  दुईजनाको मृत्यु Reviewed by DailyNEWS Updates on 11:31 PM Rating: 5

No comments:

Powered by Blogger.