केहीबेरमै डिभी लोटरीको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्
काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक हुँदैछ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक हुन लागेको हो।
ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गर्नेछ। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक हुन्छ।
सन् २०१६ अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन्।
डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।यसरी चेक गर्नुहोस्
नतिजा प्रारम्भिक मात्रै
नेपालबाट प्रत्येक वर्ष लाख भन्दा बढीले डिभी चिठ्ठा भर्दै आएका छन्। राजनीतिक अस्थिरता, आर्थिक उन्नतितर्फ सिन्को भाँच्न नसक्ने राजनीतिक नेतृत्व एवं भ्रष्ट राज्य तथा समाज संयन्त्रदेखि वाक्क भएर धेरै नेपालीहरुले अमेरिका बसाइँ सराइको योजनाका लागि डिभीलाई छान्ने गर्छन्। यो बाहेक विश्व महाशक्ति राष्ट्रको जीवनस्तर, विश्व स्तरीय शैक्षिक संस्था एवं अवसरका कारण पनि अमेरिका बसाइँ सराइ धेरैको रोजाइमा पर्ने गरेको छ। सामान्य लेखपढ, र पहुँच नहुने इमान्दारहरुका लागि त डिभी कार्यक्रम अमेरिका पुग्ने एउटै मात्र माध्यम हो। त्यही भएर जनसंख्याको आधारमा डिभी भर्ने मुलुकहरुको सूचिमा नेपाल अग्रपंक्तिमा छ।
मंगलबार राति सार्वजनिक हुने डिभीको परिणाम प्रारम्भिक हो। यसमा नाम छनौट हुँदैमा अमेरिका जान पाइहालिँदैन। यो पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छनौट भएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन। धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। त्यसैले डिभीको पहिलो परिणाममा छनौट भएकै भरमा नेपालमा आफूले गर्दै आएको पेशा, व्यवसाय त्याग्नु हुँदैन।
मंगलबार राति सार्वजनिक हुने डिभीको परिणाम प्रारम्भिक हो। यसमा नाम छनौट हुँदैमा अमेरिका जान पाइहालिँदैन। यो पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छनौट भएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन। धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। त्यसैले डिभीको पहिलो परिणाममा छनौट भएकै भरमा नेपालमा आफूले गर्दै आएको पेशा, व्यवसाय त्याग्नु हुँदैन।
डिभी पर्नेको हैसियत अमेरिकामा सहज
डिभी परेर अमेरिका बसाइँ सर्नेहरुको कानुनी हैसियत सुरुदेखि नै बलियो हुनेगर्छ। विद्यार्थी, पेशा व्यवसाय एवं राजनीतिक शरण लिनेहरुभन्दा उनीहरुलाई कानुनी रुपमा राम्रो हैसियत मिल्छ। कानुनी कागजात राम्रो भएका कारण उनीहरुले राम्रो तलबको काम पनि पाउने सम्भावना बढी हुन्छ। अमेरिका पुगेको बढीमा १० महिनासम्म त्यही बसोबास गरेपछि सामान्यतः डिभी पर्नेहरुले ग्रीनकार्ड पाउँछन्। ग्रीन कार्ड प्राप्ति वा अमेरिकाको नागरिक बन्न सजिलो हुने भएकाले त्यहीँ बसिरहेका विद्यार्थी एवं अन्य हैसियतका नेपालीले पनि डिभी भर्ने गरेका छन्। ग्रीनकार्ड पाएको पाँच वर्षपछि सामान्य परीक्षामा सहभागी भएर अमेरिकी नागरिकको हैसियत प्राप्त हुन्छ।
हामीले यो समाचार नागरिक न्युजबाट साभार गरेका हौँ
केहीबेरमै डिभी लोटरीको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्
Reviewed by Himalaya Times Express
on
8:23 AM
Rating:
Reviewed by Himalaya Times Express
on
8:23 AM
Rating:

No comments: