अर्बपति विनोद चौधरीका छोराको बिहेमा सुपरस्टार सलमान खानको सहभागिता

नेपालका अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउड अभिनेता सलमान खान सहभागी भएका छन्। 
राजस्थानको उदयपुरमा गए राति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि सहभागी भएका थिए। विवाह समारोहमा सलमान करिब एक घन्टा बसेका थिए। उनले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए। 
भारतीय अनलाइन न्युज १८ का अनुसार विवाह समारोहमा  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघे र राजस्थानका सामाजिक न्यायमन्त्री अरुण चतुर्वेदी पनि सहभागी थिए।  

भारतीय सञ्चारमाध्यमले ‘रोयल वेडिङ’का लागि संसारभर चर्चित उदयपुरमा यो वर्ष भएका विवाहमध्ये  चौधरीको विवाह सबैभन्दा भव्य  भएको जनाएका छन्।  
विनोद चौधरीका कान्छा छोरा वरुणको उदयपुरका व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री टोग्यासँग विवाह भएको हो।

स्रोत: सेतोपाटी डट कम 

अर्बपति विनोद चौधरीका छोराको बिहेमा सुपरस्टार सलमान खानको सहभागिता अर्बपति विनोद चौधरीका छोराको बिहेमा सुपरस्टार  सलमान खानको  सहभागिता Reviewed by Himalaya Times Express on 1:14 PM Rating: 5

No comments:

Powered by Blogger.