बजारमा पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती
पोखरा- पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ।
राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ दरका नक्कली नोट फेला पर्न थालेका थिए। शुक्रबार र आइतबार ७–७ वटाका दरले नक्कली नोट विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा बुझाएका छन्।
‘करिब तीन महिना अवधिमा पाँच सय रुपैयाँ दरका करिब एक सय थान नक्कली नोट राष्ट्र बैंकमा आइसकेका छन,’ अधिकारीले भने, ‘सुरुमा केही दिनको अन्तरमा यस्ता नोट फेला परेका थिए। अहिले दिनहुँ आउन थालेका छन्। यतिधेरै नक्कली नोट बजारमा आउनु डरलाग्दो हो।’ चैत र वैशाखमा नक्कली नोट बढी फेला परेको उनले बताए।
अधिकारीका अनुसार घ/२०–६७९७४६ र घ/२०–७९९७४६ सिरिजका नोट बजारमा भेटिएका छन्। ‘नक्कली नोटमा उल्लेख गरिने नम्बरमा पछिल्लो चारवटा अंक मिलेका छन्। सुरुका दुई अंक फरक रहे पनि त्यसपछिका सबै अंक मिलेका छन्,’ उनले भने, ‘भेटिएका नोट हेर्दा ठूलो संख्यामा नोट बजारमा आएको हुन सक्छ।’ केही एक हजार रुपैयाँ दरका नोट फेला परे पनि ती न्यून रहेको उनले बताए।
आजको नागरिकमा खबर छ ।
बजारमा पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती
Reviewed by Himalaya Times Express
on
4:38 AM
Rating:
Reviewed by Himalaya Times Express
on
4:38 AM
Rating:

No comments: