सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले चढ्ने संसारकै सुरक्षित कार यस्ताे छ
रिलायन्स कम्पनिका मालिक मुकेश अम्बानी भारतका सबैभन्दा धनी ब्यक्ती हुन्। उनी संसारको सबैभन्दा सुरक्षित कारमा चढ्छन्। बिएम डब्लु कम्पनीको यो कारका केहि खास विशेषताहरु छन्। जो यस्ता छन्ः
मूल्य ८ करोड ५० लाख भारु
उनी चढ्ने बिएम डब्लु ७६० एलआई लक्जरी स्पोर्टस कारको मुल्य १ करोड ९० लाख पर्छ तर अम्बानीका लागी यो कारमा धेरै परिर्वतन गरिएको छ। त्यसैले अरु कार भन्दा धेरै सुरक्षित छ। यहि आम्र्ड कारहरुको इम्र्पोटमा ३ सय प्रतिशत ट्याक्स लाग्ने भएकोले यसको मूल्य ८ कारोड ५० लाख भारु भएको हो।
सेफ्टी फिचर
बिएम डब्लु ७६० एलआई लाइ संसारको सबै भन्दा सुरक्षित कार बनाउनको लागि यसमा धेरै बदलाब गरिएको छ। मुंबईमा मोटर भेइकल्स डिपार्टमेन्टलाई १ करोड ६० लाख भारुको रेकर्ड रजिष्टर कस्ट दिएको थियो। यो बाहेक बिएम डब्लु ७६० एलआई भिआर ७ मा ब्लास्टिकर प्रोटेक्सन छ। युको डोर प्यानलको भित्र केवलर प्लेट्स समावेस छ। यो कारको प्रत्येक कारको मोटाइ ६८ मिलिमिटर छ र यो बुलेटप्रुफ हो। यो कारलाई ल्यान्ड माईनमा पनि परिक्षण गरिएको थियो जो सफल रह्रयो। यी बाहेक यो कारमा आर्मी ग्रेड हतियार, ह्यान्ड ग्रेड, र १७ किलोसम्मको हाइ इन्टेन्सिटी (टिएनटी) ब्लास्टले कुनै असर गर्दैन।
यो कारको फ्युल ट्याङ्कलाई सेल्फ सिलिङ केवलरले बनाइएको हो जस काँरण यसमा आगो लाग्दैन।
विशेष टायर
यो कारमा डवल लेयर लेस टायर लगाइएको छ। जसमा गोलीले पनि असर गर्दैन।
केमिकल अट्याकबाट पनि सुरक्षित यो कारमा केमिकल अट्याक हँुदा भित्र रहेको अक्सिजनको प्रयोग गर्न सकिन्छ।
हामीले यो समाचार सेतो पाटी बाट साभार गरेका हौँ
सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले चढ्ने संसारकै सुरक्षित कार यस्ताे छ
Reviewed by Himalaya Times Express
on
2:56 AM
Rating:
Reviewed by Himalaya Times Express
on
2:56 AM
Rating:

No comments: