यम बुद्धको चिकित्सकीय पोष्टमार्टम रिपोर्ट यस्तो आएको छ

लन्डन— गत शनिबार लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले पाएको छ।

परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने कानुनी प्रक्रिया सुरु भएको छ। पोष्टमार्टम रिपोर्टमा उनको अन्तिम मानसिक स्थिति सन्तुलित देखिएको छ भने लागू औषध सेवन गरेको कुनै तथ्य फेला परेको छैन। हल्का मादक पदार्थ सेवन गरेको देखिएको रिपोर्टले औंल्याएको छ।

लन्डनस्थित नर्थवीक पार्क हस्पिटलले शवको पोस्टमार्टम गरेको हो। पोष्टमार्टम रिपोर्ट आएसँगै शवलाई नेपाल लैजान परिवारले प्रक्रिया थालेको हो। शव नेपाल लैजान ट्राभल डकुमेन्ट बनाउने काम भइरहेको छ।

गत शनिबार बिहान लन्डनस्थित आफ्नै निवासको बाथरुममा २९ वर्षे चर्चित गायकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो। लन्डनस्थित प्रहरी प्रवक्ताले घटना ‘गैरशंकास्पद’ भएको उल्लेख गरेका थिए। युवा अवस्थामै भएको मृत्यु खबरले उनका लाखौं प्रशंसक स्तब्ध भएका थिए।

Source: Nagarik News 
यम बुद्धको चिकित्सकीय पोष्टमार्टम रिपोर्ट यस्तो आएको छ यम बुद्धको चिकित्सकीय पोष्टमार्टम रिपोर्ट यस्तो आएको छ Reviewed by Himalaya Times Express on 8:43 AM Rating: 5

No comments:

Powered by Blogger.