काठमाडौँको न्युरोडमा एक साडी पसलमा भीषण आगलागी

काठमाडौंः काठमाडौंको व्यस्त बजार इन्द्रचोक नजिकैको मखनगल्लीमा रहेको एक साडी पसलमा आगलागी भएको छ । मखनगल्लीमा रहेको एउटा कपडा पसलबाट आगलागी सुरु भए पनि कसरी आगलागी सुरु भयो भन्ने जानकारी आएको छैन् ।
आधा घण्टादेखि दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन् । बाक्लो बस्ती भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको युद्ध वारुण यन्त्रका प्राविधिकले बताएका छन् ।

नेपाली सेनाले नजिकैको घरको छतमा चढेर आगो निभाउने प्रयास गरिराखेको छ । इन्द्रचोकका अधिकांश घरमा कपडा पसल भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Source: Annapurna Post


काठमाडौँको न्युरोडमा एक साडी पसलमा भीषण आगलागी  काठमाडौँको न्युरोडमा एक साडी पसलमा भीषण आगलागी Reviewed by Himalaya Times Express on 2:50 AM Rating: 5

No comments:

Powered by Blogger.