शिल्पाको जन्मदिनमा छविको सरप्राइज, शिल्पा भन्छिन्-‘बिहे उहाँसँगै हुन्छ’
छविले बर्थ डे कार्यक्रम राख्नु आफ्ना लागि सरप्राइज भएको उनले सुनाइन् । चलचित्र ‘मंगलम’मा निर्मात्री बन्नु पनि उनका लागि अर्को सरप्राइज थियो । यो चलचित्रमा आफू सह-निर्मात्री र नायिका रहेको उनले सुनाइन् । लामो समयदेखि शिल्पा र छविको बिहेको चर्चा भैरहेको छ । कतिपयले त, बिहे भैसकेको चर्चा पनि चलचित्र वृत्तमा गर्ने गर्छन् । शिल्पा भन्छिन्-‘हाम्रो बिहे त भएको छैन । तर, बिहे हुने पक्का हो । छवि जीसँगै मेरो बिहे हुन्छ ।’
शिल्पाको जन्मदिन सेलिव्रेशनमा उनकी आमा पनि उपस्थित थिइन् । शिल्पाले थपिन्-‘घरमा समेत कुरा भैसकेको छ ।’ चलचित्र ‘लज्जा’बाट छविराज ओझाको ब्यानरमा प्रवेश गरेकी शिल्पा अब उनको जीवनसाथी बन्ने तयारीमा छिन् ।
Source: Onlinekhabar
शिल्पाको जन्मदिनमा छविको सरप्राइज, शिल्पा भन्छिन्-‘बिहे उहाँसँगै हुन्छ’
Reviewed by Himalaya Times Express
on
10:35 AM
Rating:
Reviewed by Himalaya Times Express
on
10:35 AM
Rating:

No comments: