घरमै ब्रेड पिज्जा बनाउने छिटो र सजिलो तरिका (भिडियो)

पिज्जा खाने भनेपछि हुरुक्कै नहुने को होला र? एकदम स्वादिष्ट, मिठो र जति खाए पनि खाउँ खाउँ लाग्ने पिज्जा हामी सामान्यतय रेस्टुरेन्टमा गएर खान्छौं।

घरमा बनाउन सामग्रीहरु धेरै चाहिने र स्वादिलो बनाउन नजान्ने कारणले पनि हामी पिज्जा खान बाहिर नै जान्छौं। पिज्जा विभिन्न स्वाद, फ्लेभर र प्रकारका पाइन्छन्।

तर यदि तपाइँलाई घरमै पिज्जा खान मन लागे छिटो र मिठो ब्रेड पिज्जा कसरी बनाउने? बताउन गइरहेका छौँ।

सामग्रीको मात्रा चाहे जति लिन सक्नुहुनेछ। यहाँ हामीले ४ ओटा ब्रेड स्लाइसको मात्र पिज्जा बनाउन गइरहेका छौँ। त्यसकारण चाहिने सामग्रीको मात्रा पनि त्यहीं अनुसार हुनेछ।

सामग्री र चाहिने मात्रा : सेतो ब्रेड (४ स्लाइस), मोजेराला चिज (१०० ग्राम), काटेको प्याज (एक ओटा), काटेको क्याप्सिकम (एउटा), काटेको गोलभेंडा (एक), एलोपिनो (२५ ग्राम), खुर्सानीको फ्लेक्स (सानो चम्चाको आधा), मिक्स्ड हर्व (सानो चम्चाको आधा), ओरेग्यानो (सानो चम्चाको आधा), सिच्वन चट्नी (एक ठुलो चम्चा), गोलभेंडाको केचप सस् (दुई ठुलो चम्चा), नुन (स्वादअनुसार)

ओभनलाई तयार बनाउने: सुरुमा ओभनलाई १५-२० मिनेटका लागि preheat मा राख्नुहोस् जुन १८० डिग्रीमा हुनु पर्छ।

पिज्जाको टपिङको लागि: एउटा ठुलो बाउलमा काटेको गोलभेंडा, एलोपिनो, क्याप्सिकम र प्यास राखेर राम्ररी मिसाउनुहोस्। अब यस मिक्स्चरमा खुर्सानी फ्लेक्स, मिक्स्ड हर्ब, ओरेग्यानो र नुन राखेर यी सम्पूर्ण सामग्रीहरुलाई मिसाउनुहोस्।

ससको लागि: एउटा कचौरामा गोलभेंडाको केचप सस्, सिच्वन चट्नी र खुर्सानीको फ्लेक्स राखेर मिसाउनुहोस्।

अब ४ ओटै ब्रेडलाई एउटा प्लेटमा राख्नुहोस्। यस ब्रेडको माथि बाट भर्खर बनाएको सस् राम्ररी चारैतिर लाग्ने गरी लगाउनु होस्। धेरै मोटो नलगाउनुहोस्। यो सस लगाईसकेपछी अघि बनाएको टपिङ माथिबाट बराबर भागमा राखिदिनु होस्।

यसको माथिबाट चिजलाई राखिदिनुहोस्।

त्यसपछि यी ब्रेड पिज्जालाई बेकीङ ट्रे मा राख्नुहोस्।

पकाउने विधि: अघि नै preheat मा राखेको ओभन तातिसकेको हुन्छ। पिज्जा ट्रेलाई ओभन भित्र राखेर ओभनलाई बन्द गर्नुहोस्।

अब ओभनलाई १८० डिग्रीमा राखेर पिज्जालाई १२-१५ मिनेटका लागि पकाउनुहोस्। १५ मिनेटपछी ओभन बन्द गरेर पिज्जा निकाल्नुहोस्।

यसरी घरमै बनाउन सकिन्छ ब्रेड पिज्जा।
Reviewed by DailyNEWS Updates on 9:21 AM Rating: 5

No comments:

Powered by Blogger.