विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन सुल्तानकी पत्नीलाई हृदयघात काठमाडौं ५ चैत – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा ज्यान गुमाएका युएस–बंगला विमानका क्याप्टेन अबिद सुल्तानकी पत्नीलाई हृदयघात भएको छ । हृदयघातपछि उनी अस्पतालमा ‘लाइफ सपोर्ट’ मा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार बिहान ४ बजेतिर अफसना खानमलाई आफ्नै निवासमा हृदयघात भएको थियो । त्यसपछि उनलाई नेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड हस्पिटलमा भर्ना गरिएको छ । त्यसयता आज बिहान ४ बजे उनको दोस्रो शल्यक्रिया सम्पन्न भएको चिकित्सकलाई उधृत गर्दै द डेली स्टारले जनाएको छ । शल्यक्रियापछि उनी कोमामा छिन् । उनको दिमागको देब्रे हिस्सामा धेरै ओटा रगतको थेग्ला जमेको छ । ५१ जनाको ज्यान जानेगरी भएको सो दुर्घटनामा २६ बंगलादेशी नागरिकको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये शवको सनाखत भएका २६ जनालाई आज बंगलादेश लगिँदैछ। http://www.namasteonlinechautari.com/03/12123/
Reviewed by Unknown on 10:08 AM Rating: 5

No comments:

Powered by Blogger.