विमानमा सवार यात्रुहरु
लास आए तर शाश्व आएन त्यसपछी कहिले मिठो आभाष पाएन
खुशि किन्दाकिन्दै परदेशमै बित्यो जिन्दगी
जब आफ्नो भुमिमा आए तर दैवको साथ पाएन
विमानमा सवार यात्रुहरु
विमानमा चालक दलका चार सदस्य सहित ७१ जना सव्वर थिए, जसमा ३३ नेपाली . ३२ बंगलादेशी तथा माल्दिप्स र चीनका एक एक जना रहेका थिए।
काठमाडौँ – त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा सोमबार युएस बंगला विमान दुर्घटनाग्रस्त भयो। विमानमा रहेका कम्तिमा ४९ यात्रुसहित पाइलटहरुले पनि ज्यान गुमाए।
नेपाली नागरीकहरु
शिला बजागाई ,अल्जिना बराल ,चारु बराल ,सोबिन्द्रसिंह बोहोरा ,बसन्त बोहोरा,समिरा व्यन्जनकार ,प्रविन चित्रकार ,सजना देवकोटा ,प्रिन्सी धामी,ग्यान कुमारी गुरुङ ,दिनेश हुमागाई ,श्रेया झा ,पुर्णिमा लोहनी,मिलि महर्जन ,निगा महर्जन,संजय महर्जन,केशव पाण्डे,प्रसन्न पाण्डे,विनोदराज पौडेल,हरि शंकर पौडेल,संजय पौडेल,आशिष रंजित,कृष्णकुमार सहनी , आश्ना शाक्य,सनम शाक्य,एन्जिला श्रेष्ठ,सरुना श्रेष्ठ,हरिप्रसाद सुबेधि,दयाराम ताम्राकार,डा.व्लाकृष्ण थापा,स्वेता थापा,किशोर त्रिपाटी,अवदेशकुमार यादव बंगलादेशी नागरिकहरु
फैसल महम्मद,सहरिन अहमद,इकुव अलि,फुज्जमान अलि,अल्मुन नहर यन्नी , विल्किस एरा,वेगम हुरुण नहर बिल्किबस बानु,एमएसटि अख्तर बेगम,एमडी साइन बेपारी ,नाजिया अफ्रिन चौधरी,एम डी रिजव्नुल हक,एमडी रोकिबुल हसन,सन्जिदा हक,मेहेदी हसन,एमराना कबिर हासी,एमडी कुवेर हुसेन,एमडी हसन इमाम,मोहाम्मद नासरुन इस्लाम,अखि मोनी,मिनाज बिन नासिर,एफ एच प्रिओक,तमर्रा प्रिओंमोई,मोदूर रहमान,महमुदुर रहमान, ताहिरा तान्विन शाशिरोजा,पियास रोया,शेख रसिद रुवायत,युमी सालीमा,सैयादा कम्रुन्न्हार शवार्ना,अनिरुद्ध जमान,एमडी नुरुज जमान,एमडी रफिक्ज जमान,
चिनिया नागरिक
झ्यांग मिंग
माल्दिभ्स नागरिक
रिजाना अब्दुल्ला
चालक दल
ख्वाजा हुसेन,प्रिथुला रसिद,रकिबुल हुसेन
त्रिभुवन विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनामा पाइलट र चालक दलका दुई सदस्यको मृत्यु भएको छ।
काठमाडौँ मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली प्रकाशन गरेको छ जसमा महिला पाइलट पृथुला रसिद र चालक दलका सदस्य ३५ वर्षीय ख्वाजा हुसेन रहेका छन्। त्यसैगरी इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ।
तर विमानस्थलस्थित सुरक्षा स्रोतहरूका अनुसार युएस बंगला विमान दुर्घटनासँगै अर्को ठूलो दुर्घटना भने टरेको छ। र प्रत्यक्षदर्शी सुरक्षा अधिकारी त्यसको जस युएस बंगला विमानका चालकलाई नै दिन्छन्।
आफूहरु संकटमा परिसकेको अवस्थामा पनि विमानस्थलमा रहेका अन्य जहाज सुरक्षित हुने गरी युस बंगला विमानका चालकहरुले आफ्नो विमान अवतरणको प्रयास गरेको देखिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।
अवतरणको प्रयास गर्दैगर्दा युएस बंगला विमानले विमानस्थलको पार्किङ वेमा रहेका थाइ एयर, मालिन्दो एयर र एयर इण्डियाका जहाजहरुलाई बचाउने भरपुर प्रयास गरेको थियो।
विमानस्थल सुरक्षामा खटिएका सैनिक अधिकारीको भनाईमा, पाइलटहरुले नियन्त्रण गुमाएका भए इन्टरनेसनल पार्किङमा रहेका ती कम्पनीका जहाजहरु ध्वस्त हुन सक्थे। र, मानवीय तथा भौतिक क्षति निकै बढी हुने थियो।
‘तर उनीहरुले पूर्ण सावधानीका साथ अवतरणको प्रयास गरे, जसले गर्दा आफ्नो जहाज दुर्घटनामा परेपनि अरु जहाजलाई केही भएन। मानवीय क्षतिपनि कम भयो’, हवाई उडान सम्बन्धमा जानकार विमानस्थलका एक जना उच्च सैनिक अधिकारीले भने।
दक्षिणबाट आएको जहाज सिधै विमानस्थलमा अवतरण गर्नु पर्नेमा उत्तरतर्फको चाँगुनारायणतिर मोडिएको थियो। एयर ट्राफिक कन्ट्रोलसँग विमान चालकहरूको संवाद रेकर्डले चाहिँ अवतरण गर्दैगर्दा ककपीटमा उनीहरू केही अन्योलमा रहेको पुष्टी गरेको छ।
प्रारम्भिक विश्लेषण अनुसार विमानको पछाडितिरबाट तीब्र गतिमा हावा चलेका कारण जहाज उत्तरतर्फ लागेको हुनसक्छ।
‘अवतरणका बेला पछाडिबाट हावा चल्यो भने राम्रो मानिँदैन, त्यस्तो बेला अवतरण गर्न कठिन हुन्छ’ सैनिक अधिकारी भन्छन्, ‘अगाडिबाट हावा चल्यो भनेचाहिँ अवतरण गर्न सहज हुन्छ।’
तर, चाँगुनारायणमाथि पुगिसकेको विमानलाई उनीहरुले सही ढंगले मोड्न सकेनन्। त्यसपछि विमान अनियन्त्रित हुँदै विमानस्थलतिर प्रवेश गर्यो। उत्तरतर्फ लाग्दा ठीक राडार माथिबाट गएको विमान विमानस्थल प्रवेश गर्दा राडार राखिएको भन्दा कम उचाईबाट प्रवेश गरेको थियो।
विमानलाई उत्तर लगेर फेरि दक्षिण मोड्दा तीब्र गतिमा चलेको हावा जहाजको अगिल्तिर पर्छ र अवतरण गर्न सहज हुन्छ भन्ने निष्कर्ष पाइलटहरुले निकालेको देखिन्छ।
सोमबारको दुर्घटना नेपालको हवाई इतिहासको एउटा दुखद घटनाको रुपमा दर्ज भइसकेको छ, जहाँ ४ दर्जन बढीले ज्यान गुमाइसकेका छन्।
‘यदि विमान थोरैमात्र पनि तलबाट गएको हुन्थ्यो भने त्यहीँ ध्वस्त हुन्थ्यो’, प्रत्यक्षदर्शी सैनिक अधिकारीले भने, ‘त्यो अवस्थामा थाइ, एयर इण्डिया र मालिन्दो एयरका विमान पनि ध्वस्त हुनसक्थे।’
एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा यति ठुलो क्षेति हुन् पुग्यो अझै भयानक क्षेति हुने थियो यसरि बचाए
http://www.mirrornepal.tk/%E0%A4%8F%E0%A4%AF%E0%A4%B0-%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AB%E0%A4%BF%E0%A4%95-%E0%A4%95%E0%A4%A8%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%A8/
विमानमा सवार यात्रुहरु
Reviewed by Unknown
on
10:54 PM
Rating:
No comments: