अन्तर्राष्ट्रिय विमानस्थलको जिरो २ र २ जिरो के हो ?यस कारण भयो बिमान दुर्घटना
फागुन २८, काठमाडाैं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यूएस बंगला विमानका पाइलट र कन्ट्रोल रुमबीच भएको सम्वाद सार्वजनिक भएको छ ।
संवादमा जिरो २ र २ जिरोमध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने भन्नेबारे लामो बहस सुन्न सकिन्छ । कन्ट्रोल रुमले २ जिरोबाट अवतरण गर्न भनेपनि पाइलटले २ जिरोमै अवतरण गराउँछु भनेपछि अन्त्यमा कन्ट्रोल रुमले अनुमति दिन्छ । तर अवतरणलगत्तै विमान दुर्घटना हुन पुग्छ ।
विमानस्थलको जिरो २ र २ जिरो भनेको के हो त ? विमानस्थल कार्यालयका अनुसार उत्तरतर्फबाट अवतरण हुने ठाउँ २ जिरो र दक्षिणतर्फबाट अवतरण हुने ठाउँ जिरो २ हो ।
विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फ अर्थात कोटेश्वर क्षेत्रबाट विमान अवतरण गर्ने गर्छन् । कहिलेकाहीँ उत्तरतर्फ अर्थात पशुपति क्षेत्रबाट पनि विमान अवतरण गराइन्छ । उडान पनि यसैगरी हुन्छ । धेरैजसो उडान दक्षिणतिरबाट र कम उडान उत्तरतर्फबाट पनि हुने गर्छ ।
उत्तरतर्फ या २ जिरोको तुलनामा दक्षिणतर्फ या जिरो २ बाट उडान र अवतरण सजिलो हुने विमान चालकहरु बताउँछन् । कन्ट्रोल रुमले पनि दक्षिणतर्फ या जिरो २ बाटै अवतरण गर्न सुझाउँछन् ।
सोमबार दुर्घटनामा परेको जहाजका पाइलटलाई पनि कन्ट्रोल रुमले दक्षिणतर्फ अर्थात जिरो २ बाट अवतरण गर्न भनेको थियो । तर पाइलटले २ जिरोबाटै अवतरण गर्न खोजे ।
पाइलट अलमलमा परेकोबारे कन्ट्रोल रुमका कर्मचारी पहिल्यै जानकारीमा रहेको संवादबाट बुझिन्छ । पाइलटले २ जिरोबाटै अवतरण गर्ने भनेपछि अन्त्यमा कन्ट्रोल रुमले स्वीकृति दियो । तर दुःखको कुरा जिरो २ को सट्टा २ जिरोबाट अवतरण गरेकै कारण विमान दुर्घटनामा पर्यो ।
ujyalo
No comments: