बलत्कारीलाई फांसीको सजाय किन हुदैन ?
७ वर्ष ३ महिनाकि बालिकाको गोप्य अंगमा १५ टाँका र भित्री भागमा ७ टाँका लगाइएको छ,दिसा र पिसाब फेर्ने प्वाल च्यातिको छ:बलत्कारीलाई फांसीको सजाय किन हुदैन ?
ग्रीन सिटी अस्पतालको बेड नम्वर ८८ । अस्पताल प्रशासनको २४सै घण्टा निगरानीमा छ । आफन्त कसैसँग बोल्न सक्ने अबस्थामा छैनन् । बेड नम्वर ८८ मा भेट्न जानेको जतिबेला पनि भीड नै छ ।तर, हत्तपत्त कसैलाई पनि भेटन अनुमति छैन ।भेट्न जानेमा विभिन्न संघसंस्थाका प्रतिनिधि छन् ।मिडियाकर्मी पवन पुग्छन् त्यहाँ ।बेड नम्बर ८८ मा छिन् ‘गुडिया’ ।हो, उनको उपनाम राखिएको छ, ‘गुडिया’ ।यसको पनि कारण छ, भर्खरै ८ बर्षकी भइन् ।यी ‘गुडिया’ पीडाले विक्षिप्त छिन् ।नयाँ मान्छे देख्नेबितिकै डराउँछिन् ‘गुडिया’ ।साथमा अहिले आफन्त कोही पनि छैनन् ।सबै नयाँ अनुहार नै छन्, रातोपाटि मा यो खबर छ ।
तर, ‘गुडिया’ कोही पुरुष देख्दा बढी त्रसित हुन्छिन् ।मानसिक रुपमा उनलाई ठूलो चोट पुगेको छ ।छोरीको पीडामा मल्हम लगाउन आएका बाबु लालबहादुर मुखिया पर्सा गएका छन् ।दैनिकी माछा मारेर चलाउथे उनी ।‘गुडिया’ को परिवार आर्थिक रुपमा निकैै कमजोर छ ।निकै दयनिय छ ।यता ‘गुडिया’ अस्पतालमा छिन् ।बुवा उता श्रीमतीको ख्याल गर्न पर्सा गएको ३ दिन भयो ।उनको आजभोली नै ७औँ सन्तान जन्मदै छ ‘गुडिया’ ले चाँडै नै भाइ वा बहिनी पाउँदैछिन् ।तर, यो खुसी साट्न पाउने छैनन् ‘गुडिया’ ले ।‘गुडिया’ लाई अस्पतालले भीआईपी वेडको ब्यवस्था गरिदिएको छ ।सामान्य बेडमा भीडभाड देखिएपछि ‘गुडिया’ लाई भीआईपी वेडमा लगिएको थियो ।गुडिया’ को हेरचाहको लागि रक्षा नेपालकी दुई कर्मचारी राखिएको छ ।
‘गुडिया’ पीडामा छट्पटाउँदै आफ्नो बाबालाई खोजिरहन्छिन् ।म त्यहाँ पुग्दा सन्नाटा जस्तो थियो । मसँग पनि बोल्ने शब्द थिएनन् ‘गुडिया’ सँग एउटै मात्र शब्द थियो–बाबा ।‘गुडिया’ लाई पीडा छ, यो थाहा छ । तर, उनलाई मेरो जीवनमा के भएको हो भन्ने चाहिँ थाहा छैन ।‘गुडिया’सँग जे अपराध भयो ।उनले समयमा उपचार गर्न पाइनन् ।घटनाको चार दिनपछि उपचारका लागि काठमाडौँ ल्याईएको थियो ।‘गुडिया’ को अनुहार मैले नजिकबाट हेरेँ ।काँखमा राख्ने मन थियो । तर, अनुमति हुँदैन्थ्यो । म आफै पछि हटेँ ।
काँखमा राख्न नसकेपछि ‘गुडिया’ को पीडा मनमा राखेँ । मेरो मुटुको गति बढ्यो ।सम्मालिएँ । अनि कुरा गर्न खोजेँ ।‘गुडिया’ तिमी कहिले काठमाडौं आयौँ ?नेपाली भाषा बुझिनन् ।सहयोगीले सोधे –उनकै भाषामा ।‘आइतबार’ ।यत्ति मात्र बोलिन् ‘गुडिया’ ।बुवा लालबहादुरलाई ‘गुडिया’ को जन्ममिति पनि याद छैन ।‘गुडिया’ आठ बर्षकी भइन् ।बुबाले त्यहीँ भनेका थिए ।
तर, जन्मदर्तामा ‘गुडिया’ को उमेर भने उमेर ७ वर्ष ३ महिना मात्रै छ ।जीवन चलाउन कठिन छ । तै पनि लालबहादुरलाई छोरा चाहिएको छ ।त्यसैले उनले ७औँ सन्तान पर्खिरहेका छन् ।बेला बेला ‘गुडिया’ यताउति हेर्छिन् टाउको उठाउने कोशिष गर्छिन् । ‘गुडिया’ कक्षा १ को विद्यार्थी हुन् ।भविष्य राम्रो होस् भने बुवा लालबहादुरले छोरीलाई सरकारी विद्यालयमा भर्ना गरिदिएका छन् ।अव फेरि पढाईमा कसरी फर्कने ?‘गुडिया’ को मनमा त छैन होला । तर, मैले बारम्वार सोचिरहेँ ।‘गुडिया’ को उपचार गराईरहेकी डाक्टर रुपा झालाई भेटेँ मैले ।
उनका अनुसार ‘गुडिया’ माथि ठूलो अपराध भयो ।गोप्य अंगमा १५ टाँका र भित्री भागमा ७ टाँका लगाइएको छ ।दिसा र पिसाब फेर्ने प्वाल च्यातिको छ ।दिसा–पिसाबमा समस्या नहोस् भनेर तत्कालको लागि पाइप प्रयोग गरिएको छ ।‘गुडिया’ लाई बिहीबारदेखि मात्रै थोरै खाना खुवाउन थालिएको छ ।अहिलेसम्म बाहिरी चोट भाग ७० देखि ८० प्रतिशत निको हुँदैछ । ‘गुडिया’ लाई धेरै दुखाई छ ।त्यसैले डाक्टरले राम्रोसँग भित्री घाउ हेर्न पनि पाएका छैनन् ।योनीमा धेरै असर परेको छ । पाठेघरमा खासै असर नपरेको डा.झाले बताइन् ।
डा. रुपा झातर, ‘गुडिया’ को उमेर सानै छ ।भविष्यमा उनले सन्तान जन्माउन सक्छिन वा सक्दैनिन् ? डाक्टरहरु केही भन्न सक्दिनन् ।दिसागर्ने भागसम्म चिरिएको छ । दीर्घकालीन रुपमा दिसा–पिसाव चुहिने समस्या भने देखिन सक्ने उपचारमा लागेका डाक्टरहरुले बताए ।मैले ‘गुडिया’ को उपचारवारे थप जान्न चाहेँ ।अस्पताल प्रमुख बीरबहादुर टण्डनले ‘गुडिया’ को उपचार निशुल्क हुने बताए ।कतिपयले ‘गुडिया’ को भविष्यका लागि रकम जुटाउन थालेका छन् ।खाता खोलेर पैसा जम्मा गर्न पनि थालिएको छ ।
अस्पतालकै पहलमा हिमालयन बैकमा ००२०७२४६२०००१८ नम्बरको खाता खोलिएको छ ।एक जना व्यक्तिले एक कप चियाको पैसाले पीडित ‘गुडिया’ को जीवन र भविष्यलाई सहयोग पनि पुग्न सक्छ ।शुक्रबारसम्म खातामा एक लाख ५ हजार रुपैयाँ पैसा जम्मा भइसकेको छ ।अस्पताल प्रमुख बीरबहादुर टण्डन नेपालको कानुनमा नाबालिका बलात्कारीलाई गर्नेलाई २० वर्ष जेल सजाय रहेको छ ।तर, २० वर्ष पछि अपराधी निस्कने र त्यस्ता व्यक्तिले फेरि बद्लाको लागि सोही व्यक्ति अथवामाथि घट्ना दोहोर्याउने सम्भावना रहन्छ ।यसैले होला यस्ता दोषीमाथि अधिकारकर्मीहरुले फाँसीको माग गर्दै आईरहेका छन् ।
तर, हाम्रो देशमा फाँसीको अनुमति छैन । हामीले पनि मानिसको बाँच पाउने अधिकारलाई सम्मान गर्नुपर्छ । शुक्रवार गृहमन्त्री रामबहादुर थापा बादल ‘गुडिया’ लाई भेटन अस्पताल पुगे । दोषीमाथि कारवाही हुने बताए ।आबश्यक परे कानुन संसोधन गरेर भएपनि बलात्कारका दोषीमाथि कारवाही गर्ने सुनाए ।रक्षा नेपालकी मेनुका थापाले गृहमन्त्रीसँग बलात्कार मुद्दावारे कानुन सच्याउनु माग गरिन् ।रातोपाटीसँग कुरागर्दै रक्षा नेपाली अध्यक्ष थापाले भनिन्, ‘बलात्कृतको लागि दह्रो कानुन बन्न के मन्त्रीको छोरी नै बलात्कृत हुनुपर्ने उनले भनिन्, ‘नेपालमा ‘इन्काण्टर’ गरिन्छ भने फाँसी किन हँदैन ?’फागुन १६ गते पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरे ।
हो त्यहीँ सामूहिक बलात्कारमा पर्ने बालिका हुन् ‘गुडिया’ ।
निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत ‘गुडिया’ लाई माछा दिने प्रलोभन दिएर तीन जना युवकले बलात्कार गरेका थिए ।बलात्कारबाट गम्भिर घाइते भएकी ‘गुडिया’को वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरियो ।‘गुडिया’ विद्यालय सकाएर घर फर्किएकी बालिका आफनी एक जना साथीसँग बाख्रालाइ घाँस लिन भनि गाँउ नजिकको खेतमा गएकी थिइन् ।खेतको नजिकैको पोखरीमा माछा मारिरहेका तीन जना युवकले ती दुवै बालिकालाइ माछा दिने लालच देखाएर एकान्त स्थानमा लगे ।
बालिकाकाे अवस्थाबारे जानकारी लिँदै गृहमन्त्रीजबर्जस्ती गर्न खोज्दा एक जना बालिका उम्केर भाग्न सफल भइन् ।अर्की बालिकालाई ती युुवकहरुले कुटपिट र लछारपछार गर्दै पालै पालो बलात्कार गरेका थिए ।‘गुडिया’ तीनै अपराधी सोचका मानिसहरुको शिकार भइन् ।घाँस लिन घरबाट बाहिर निस्किएकी बालिका साँझ अबेर सम्म पनि घर नफर्किए पछि बालिकाका बुबाले खोज्दै जाँदा उनलाइ घर नजिकैको पर्तिमा अचेत अवस्थामा फेला पारेका थिए ।
बलात्कारमा संलग्न तीन जानै युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।र, अन्तिमा हामीले बालअधिकारका कुरा गरेको धेरै भयो । हामीले शान्ति सुरक्षाका कुरा पनि गरेका छौँ ।अहिले समाजवादको सपना पनि सुनेका छौँ । दिनदिनै जसो बलात्कारको घटना बाहिर आएका छन् । पहिला ‘गुडिया’ बचाऔँ । बाँकी गर्दै जाउला ।
बलत्कारीलाई फांसीको सजाय किन हुदैन ?
Reviewed by Unknown
on
10:57 PM
Rating:
No comments: