नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले सताउदै अञ्जलीलाई उपचारको लागी सहयोगको अपिल बागलुङकी अञ्जली विकलाई अनौटो रोगले मर्नु न बाच्नु बनाएको छ । नेपालका प्राय सबै डक्टरहरुलाई देखाइसकेको बताउने विकले केहि रोग नदेखिएको बताउछिन तर उनको नाक,कान,आँखा र मुख बाट छुरो रगत बग्दछ । रगत बग्ने समयमा उनलाई निकै पिडा समेत हुने गरको हामीलाई सुनाउछिन । बागलुङ बलेवा स्थायी घर भएकी अञ्जली विक अहिले बानपा ४ कुँडुलेमा परिवार सहित बस्छीन । उनका दुई बच्चा छन भने श्रीमान सुन पसलमा सामान्य नोकरी गर्दछन । घर परिवारको समस्या सँगै उनलाई पछिल्लो समय आफ्नो रोगले समेत निकै सताउने गरेको छ । नेपालको कुनै पनि अस्पतालमा उपचार सम्भव नभए पछि भारत जाने तयारीमा रहेकी अञ्जलीलाई आर्थीक समस्या परेको छ । साथै उनले आर्थीक रुपमा सहयोग गर्न समेत सबै माझ अपिल गरेकी छन । विगत बर्ष देश मुखबाट रगत बगिरहेको उनलाई केहि महिना यताबाट मुख,नाक,कान र आँखाबाट समेत रगत बग्न थालेको छ । यो सँगै उनी थप समस्यामा परेकी छन । उनी भन्छीन डक्डरलाई देखाउदा केहि छैन रोग त्यस्तो भन्छन तर आफुलाई यति ठुलो समस्या छ । उनलाई सहयोग नर्ग चाहने पाठकहरुले उनको सम्पर्क नम्मर 9821302306 अञ्जली विकलाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ । नाम :अञ्जली वि: क , घर बागलुङ #मोबाइल_नम्बर 9821302306 मा अञ्जली लाई सम्पर्क गरौं.. anjali
Reviewed by Unknown on 2:51 PM Rating: 5

No comments:

Powered by Blogger.