राशिफल: वि.सं. २०७४ साल पुस २४ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी ८ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– सप्तमी, २१:०२ बजेउप्रान्त अष्टमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप बढ्नेछ भने चौपायामा केही समस्या देखिने समय छ। दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्नेछ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। तर पछिको फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
Add caption
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। चुनौतीपूर्ण कामको दायित्व लिनाले केही समस्या आउन सक्छन्। तापनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने समय छ। प्रयत्न गर्दा व्यापार बढ्नेछ भने श्रमको उपलब्धि हात पार्न सकिनेछ। लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ।अरूको मन जित्ने प्रयास गर्नुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

केही अवरोध भए पनि प्रयत्न गर्दा कर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। प्रतिष्ठित काम शुभारम्भ गर्ने मौका छ। विशेष अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। य्यावासाय्मा मनग्गे धनलाभ हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले मात्र फाइदा उठाउन सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। आँटेका काममा सहयोग पाइनेछ। यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। बाध्यताले अलमल्याउन सक्छ। हानि-नोक्सानी र चोटपटकको योग देखिएकाले अलि सजग रहनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। व्यवहारमा फाइदा लिनेहरूले अन्त्यमा धोका दिनेछन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। बलभन्दा बुद्धिको उपयोगले धेरै फाइदा उठाउन सकिनेछ। मिहिनेतले अध्ययनमा राम्रो उपलब्धि दिलाउनेछ।लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धामा उत्रनुपरे पनि ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुपक्षलाई किनारा लगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउनेछन्।

हामीले यो पोस्ट नेपाली पात्रो (Nepali Patro) बाट लिएका हौं । 
राशिफल: वि.सं. २०७४ साल पुस २४ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी ८ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– सप्तमी, २१:०२ बजेउप्रान्त अष्टमी। राशिफल: वि.सं. २०७४ साल पुस २४ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी ८ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– सप्तमी, २१:०२ बजेउप्रान्त अष्टमी। Reviewed by Unknown on 7:02 PM Rating: 5

No comments:

Powered by Blogger.