अवैध रुपमा कतारबाट ल्याएको सुनसहित पक्राउ

काठमाडौं, पुस २९ – अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।

विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । दोहाबाट काठमाडौँ आएका उनीहरुका साथमा रहेको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो ।

स्रोत: उज्यालो अनलाइन (Ujyaalo Online) 
अवैध रुपमा कतारबाट ल्याएको सुनसहित पक्राउ अवैध रुपमा कतारबाट ल्याएको सुनसहित पक्राउ Reviewed by DailyNEWS Updates on 7:54 PM Rating: 5

No comments:

Powered by Blogger.