आङपाजीले पृथ्वी नारायण शाहको शालिकमा थुकेर कालो दिन मनाए ! (भिडियो सहीत)
पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती । सरकारले सार्वजनिक विदा दियो । नेपालमा गणतन्त्र स्थापना भन्दा पहिलो अाजैको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्थ्यो । गणतन्त्रपछि २०६४ बाट सरकारले पुस २७ लाई एकता दिवस नमनाउने निर्णय गर्दै दिँदै अाएको सार्वजनिक विदालाई समेत खारेज गर्यो ।
सरकारको यो निर्णयले राज संस्थाप्रति अास्था राख्ने र पृथ्वीनारायण शाहलाई एकताको प्रतिकको रुपमा मान्नेहरुले विरोध गरे । जनयुद्ध र जनअान्दोलनको राप र तापबाट बनेको सरकार र त्यसमा पनि भरखरै राजतन्त्रको विधिवत रुपमा अन्त्य भएकोले सडकमा निस्कने अाट कसैले गरेन । तर, भित्रभित्रै एउटा तप्काले विरोध गरिरहेको थियो ।
त्यसैगरी पृथ्वीनारायण शाहलाई एकता होइन सामान्ती राज्य विस्तार गरेको भन्दै राजतन्त्रको नै अन्त्यको लागि जनयुद्ध गरेको माओवादी र अाफ्नो अधिकार खोसिएको भन्दै लामो समयदेखि विरोधमा रहेका अादिवासी तथा जनजातीहरु खुशी भए ।
१२ वर्षपछि फेरि खोलो फर्कियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पुस २७ गते सार्वजनिक विदा नै दियो । सरकारले विगतमा झैं अौपचारिक रुपमा भव्य कार्यक्रम नगरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकलाई माला लगाइदिइन । गणतन्त्र नेपालकी राष्ट्रपतिले सामान्तीतन्त्रको नाइकाको शालिक अगाडि झुकेको भन्दै सामाजिक संजालमा विरोध पनि भइरहेको छ ।
अर्कोतिर अादिवासी जनजाती अगुवाहरुले पृथ्वीनारायण शाहले अाफ्नो अधिकार खोसेको भन्दै कालो दिनको रुपमा विभिन्न कार्यक्रम गरे । उनीहरुले अधिकार खोस्नुको साथै जनजातीको नाक काटेको भन्दै हत्यारा भन्दै प्रतिकारात्मक रुपमा पृथ्वीनारायण शाहको शरीरमाथि सामुहिक रुपमा थुकेका छन् । पृथ्वीनारायण शाह लेखिएको कागजमा जनजाती अगुवाहरुले थुकेका हुन् ।
सामान्ती राज्यलाई बलियो बनाउन साना राज्यमाथि दमन गरेको बताउँदै अाङकाजी शेर्पालगायतका जनजाती अगुवाहरुले पृथ्वीनारायण शाह एकताको प्रतिक हुन नसक्ने बताए । सरकारले सार्वजनिक विदा दिएर गणतन्त्रको खिल्ली उडाएको समेत बताए ।

Reviewed by Unknown
on
7:13 PM
Rating:
Reviewed by Unknown
on
7:13 PM
Rating:

No comments: