आउँदो जनवरीदेखि मलेसियामा कामदारले लेबी तिर्न नपर्ने
काठमाडौं। मलेसियामा कार्यरत कामदारहरुको लेबी कम्पनीले तिर्ने भएको छ । नयाँ साल सन् २०१८ देखि रोजगारदाताहरुले लेबी तिर्न नपर्ने भएको हो ।
सो नियम १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जनाए । मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य हो ।
विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।
विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड ल्याउने तयारी पनि मलेसिया सरकारले गरेको छ ।
समाचार स्रोत: न्युज २४ (News 24)
आउँदो जनवरीदेखि मलेसियामा कामदारले लेबी तिर्न नपर्ने
Reviewed by DailyNEWS Updates
on
9:51 PM
Rating:
Reviewed by DailyNEWS Updates
on
9:51 PM
Rating:

No comments: