ठूलो परीमाणमा विस्फोटक पदार्थ बरामद जुन ठूला चट्टान फुटाउन प्रयोग गर्छन्

कृष्ण पाण्डे: विभिन्न स्थानमा विष्फोटका घटनासँगै विष्फोटक पदार्थहरु प्रहरीले बरामद गरेको छ । रुपन्देहीको बुटवलमा गम्भीर प्रकृतिको विष्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा कडा चेकजाँच पछि बुटबलमा डेटोनेटर सहित अत्याधिक मात्रामा विष्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय बुटबलले जनाएको छ । २ सय ५० थान डेटोनेटर फेला परेको हो । १८ सि–एमको ठूलो परीमाणमा विद्युतीय डेटोनेटर बरामद गरिएको हो । 

यो विष्फोटक पदार्थ ठूला चट्टान फुटाउन प्रयोग हुने प्रहरीले जनाएको छ । विष्फोटक पदार्थबारे प्रहरी प्रधान कार्यालय सहित सेनालाई समेत जानकारी गराइएको र थप अनुसन्धान भइरहेको बुटवल प्रहरीले जनाएको छ ।

समाचार स्रोत: न्युज २४ (News 24) 

ठूलो परीमाणमा विस्फोटक पदार्थ बरामद जुन ठूला चट्टान फुटाउन प्रयोग गर्छन् ठूलो परीमाणमा विस्फोटक पदार्थ बरामद जुन ठूला चट्टान फुटाउन प्रयोग गर्छन् Reviewed by DailyNEWS Updates on 11:33 PM Rating: 5

No comments:

Powered by Blogger.