हलिउड भन्दा कम छैन यो प्रदर्शनमा आउने नेपाली फिल्म रोमियो एण्ड मुना’


फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’ को ‘स्याण्डविच’ सङ्ग रिलिज गरिएको छ । गौरव डागोन्करको संगीत, अर्ल युआरएलको शब्द तथा स्वर रहेको गीतको भिडियोमा रोमियो अर्थात नायक विनय श्रेष्ठ विकिनी गर्लसँग मस्ती गरिरहेका छन् । बिहिबार आयोजना गरिएको प्रेसमिटमा पनि विनय दुई विकिनी गर्लसँग ईन्ट्री गरेका थिए । प्रताप सिंहको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :

डायङ क्यान्डल’ निर्देशक नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनमा विनय रोमियो र नायिका सृष्टि श्रेष्ठ मुनाको भूमिकामा प्रस्तुत भएकी छन् । अर्को फिल्म छायाँकनका कारण सृष्टि बिहिबारको प्रेसमिटमा भने उपस्थित हुन सकिनन् ।
भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘रोमियो एण्ड मुना’ मा विनय, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको संयुक्त रुपमा लगानी गरेका छन् । फिल्मको पटकथा निर्देशक केसीकै हो भने संवादमा निर्देशकलाई निरज महर्जनले सघाएका छन् ।

‘रोमिया एण्ड मुना’ मा विनय र सृष्ट्रिसँगै नायिका सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तको अभिनय छ । बिहिबार गीतसँगै फिल्मको पोस्टर पनि रिलिज गरियो । बैङकर अनिल शाह र फिल्मको टिमले रोमियो र मुनाको घुम्टो उघारेका थिए ।

हलिउड भन्दा कम छैन यो प्रदर्शनमा आउने नेपाली फिल्म रोमियो एण्ड मुना’ हलिउड भन्दा कम छैन यो प्रदर्शनमा आउने नेपाली फिल्म रोमियो एण्ड मुना’ Reviewed by Unknown on 6:41 PM Rating: 5

No comments:

Powered by Blogger.