एमबीबीएस प्रवेश परीक्षा भोलि मंसिर १६ गते हुँदै
काठमाडौं: चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्दै पुनः मंसिर १६ गते परीक्षा गर्ने निर्णय गरेको छ। त्रिवि कार्यकारी परिषद्ले परीक्षामा धाँधली भएको स्पष्ट पार्दै पुनः परीक्षा लिन निर्देशन दिएको चार दिनपछि सोमबार उक्त परीक्षा गर्ने निर्णय गरेको हो।
आईओएमका सहायक डीन डा. राजेन्द्र गुरागाईंले आफूहरूको अभिभावक त्रिवि भएकाले निर्देशन पालना गरेको स्पष्ट पारे। डा. गुरागाईंका अनुसार सम्बन्धित सबै फ्याकल्टीसँग छलफलपछि पुनः परीक्षा गर्ने निर्णयमा आईओएम पुगेको र परीक्षाको मितिबारे सोमबार थप छलफल गरेर टुंगो लगाउने जानकारी दिए।
त्रिविले विभिन्न अध्ययन/अनुसन्धानबाट पुरानो परीक्षा अमर्यादित भएको भन्दै पुनः नयाँ परीक्षाका लागि प्रक्रिया अघि बढाउन आईओएमलाई मंसिर एक गते निर्देशनात्मक पत्र पठाएको थियो। असोज २८ गते प्रश्नपत्र बाहिरिएपछि आईओएमको उक्त परीक्षा एक महिनादेखि रोकिएको छ।
नेपाल मेडिकल काउन्सिल, प्रहरी र आफैंले गठन गरेको समितिको अध्ययन÷अनुसन्धानपछि त्रिविले उक्त परीक्षा धाँधलीपूर्ण भएको भन्दै पुनः परीक्षा लिन निर्देशन दिएको थियो। पुनः परीक्षा गर्ने विषयमा निर्णय लिन आईओएमले ढिला गरे आन्दोलन गर्ने विद्यार्थीले चेतावनी दिएका थिए।
आईओएमले किस्ट कलेज, आर्मी मेडिकल कलेज, नामी कलेज, अरुणिमा स्कुल र बाग्मती बोर्डिङमा लिएको एमबीबीएस प्रवेश परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी थिए। तर, प्रश्नपत्र बाहिरिएपछि घटनामा संलग्न चिट चोराउने गिरोहका नाइके समीर झासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
चिटचोरी काण्डमा संलग्न कन्सलटेन्सी सञ्चालक अभय मि श्र र डा. सुशील मण्डललाई समेत पक्राउ गरेको छ । घटनामा संलग्न १७ जनाविरुद्ध प्रहरीले मुद्दा पनि चलाएको छ।
समाचार स्रोत: अन्नपूर्ण पोष्ट
एमबीबीएस प्रवेश परीक्षा भोलि मंसिर १६ गते हुँदै
Reviewed by DailyNEWS Updates
on
6:26 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
6:26 AM
Rating:

No comments: