आफनै साथीबाट साबधान रहनुहोस ! कोरियामा भयो यस्तो सोच्दै नसोचेको घटना

 ईपीएस मार्फत कोरिया आएका राजकुमार राई(प्रिन्स राई )ले सँगै कम्पनीमा काम गर्ने साथीको २३ लाख वन पैसा लिएर साथीलाई फेसबुकमा ब्लक गरी फरार भएका छन् । कोरियाको छङ्ग्जु–बोउन स्थित ‘देग्वाङ्गछुछल’ फलाम कम्पनीमा कार्यरत राईले सँगैका साथी मुन्ना महतोको पैसा लिएर सम्पर्क बिहीन बनेका हुन् ।

सुरुमा सापटी भनेर पैसा लिएका राईले भरे, भोली भन्दै अढाई वर्ष झुलाए । तर गएको मे महिनादेखि सम्पर्क बिहीन भएको पीडित महतोले फोनिज कोरियासँग गुनासो गरे । महतोका अनुसार धरान ७, सुनसरीका राई २०१२ मे १९ तारिकमा कोरिया आएका हुन् । र सोहि कम्पनीमा २०१४ एप्रील २२ मा महतो आएका थिए ।

‘कम्पनीमा म भन्दा पहिला आएकाले मैले दाई भनेर राईलाई सम्बोधन गर्थे । तर उनले त्यसैको फाईदा उठाएर मेरो २३ लाख वन लिएर मलाई फेसबुकमा समेत ब्लक गरिदिए’, पिडित महतोले भने । ‘म कम्पनीमा नयाँ र कोरियामै नयाँ भएकाले उतिबेला मलाई धेरै कुरा थहा भएन । कम्पनीमा अरु साथीहरुसँग भन्दा म उसैसँग नजिक भएँ ।’

राईले २०१५ मार्चमै महतोसँग पैसा सापटी लिएका रहेछन् । सँगै कम्पनीमा काम गर्ने साथी भएकाले राईलाई पैसा दिएको कुनै प्रमाण राख्न समेत महतोले आवश्यक ठानेनन् । तर राईको कुनियत महतोले चाल पाउनै सकेनन् ।

आफुसँग फेसबुक मेसेन्जरमा भएको वार्तालाप देखाउँदै महतोले सुनाए, ‘गएको मे महिनासम्म राईले पैसा फिर्ता दिने भन्दै बैंक खाता नम्बर पठाउन भनेका थिए । तर त्यसो भनेको केही दिनमा मलाई फेसबुकमै ब्लक गरेर गायब भए ।’
महतोकै अनुसार राईले कम्पनीकै अर्को एक जना नेपाली साथीको समेत १९ लाख खाएका रहेछन् । उनले राईसँग तमसुक पनि बनाएका छन् । तर ती साथी भने सार्बजानिक हुन डराए । ‘मैले राईलाई धेरै पटक मेसेन्जर कल गरेर टाईम दिए तर फेसबुकमै ब्लक गरिदिए पछि बाध्य भएर मिडिया खोज्दै आएको हुँ ।’ उनले थपे ।
‘मैले मिडियामै प्रचार नगर्दा पनि हुन्थ्यो तर म जस्तै अरुलाई पनि राईले ठग्न नपाओस् भन्ने उद्देश्यले यति गर्न बाध्य भएको हुँ,’ उनले भावुक हुँदै भने ।
यति मात्रै होइन राई कोरियामा अबैधानिक समेत भईसकेका छन् । ईपीएस नियम अनुसार उनको ४ वर्ष १० महिनाको भिसा अवधी २०१७ मार्चमै सकिएको छ । तर राई यो भिसा अवधी बाँकी रहँदै २०१५ मै कम्पनीसँग पनि करिब ६० लाख वन अडभान्स पैसा लिएर अबैधानिक भएका रहेछन् ।
नेपाली कामदारलाई विश्वास गरि एडभान्स पैसा पेस्की स्वरुप दिने कम्पनीले समेत राई गायब भएपछि अरु नेपाली साथीहरुलाई खोजिदिन आग्रह गरेका थिए । राईको पासपोर्ट र डकुमेन्ट समेत अझै कम्पनीमै रहेको बताईएको छ ।

साभार fonijkorea
आफनै साथीबाट साबधान रहनुहोस ! कोरियामा भयो यस्तो सोच्दै नसोचेको घटना आफनै साथीबाट साबधान रहनुहोस ! कोरियामा भयो यस्तो सोच्दै नसोचेको घटना Reviewed by Unknown on 12:29 AM Rating: 5

No comments:

Powered by Blogger.