आमाको नामबाट सहजै नागरिकता प्रदान गर्न माग

काठमाडौ । नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई आमाका नामबाट सहज रुपमा नागरिकता प्रदान गर्न सरकारसमक्ष माग गरेको छ ।

एकल महिलाका हकमा स्थानीय निकायको सिफारिशमा नागरिकता प्रदान गर्ने व्यवस्था गर्न, बाबु बेपत्ता भएको, बाबुको ठेगान नलागेको तथा बलात्कारबाट जन्म भएका शिशुलाई आमाका नामबाट निःशर्त नागरिकता प्रदान गर्ने व्यवस्था गर्न सम्मेलनले सरकारसँग आग्रह गरेको हो।

सम्मेलनले जारी गरेको १९ बुँदे काठमाडौँ घोषणापत्रमा आमाका नामबाट नागरिकता पाउने स्पष्ट संवैधानिक व्यवस्थासँग बाझिएका कार्यनिर्देशिका तथा परिपत्र तत्काल खारेज गर्न र नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट भएका फैसला तथा निर्देशनात्मक आदेशको अविलम्ब प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउन सबै दल तथा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको छ।

समाचार स्रोत: न्युज २४ ( News 24) 
आमाको नामबाट सहजै नागरिकता प्रदान गर्न माग आमाको नामबाट सहजै नागरिकता प्रदान गर्न माग Reviewed by DailyNEWS Updates on 7:41 PM Rating: 5

No comments:

Powered by Blogger.