ओलीप्रचण्डले गरे तीन करोडले सलाम ठोक्ने यस्तो घोषणा (भिडियो सहित)

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनको बाटो खोलिदिन आह्वान गरेका छन्। ओली र प्रचण्डले संयुक्त विज्ञप्तीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका हुन्।

विज्ञप्तिमा पार्टी एकता र स्थिर सरकारको लागि दुवै पक्ष प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। ‘हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सिर्जना नगर्न र संविधान एवम् लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं।’

हेर्नुहोस भिडियो सहित
ओलीप्रचण्डले गरे तीन करोडले सलाम ठोक्ने यस्तो घोषणा (भिडियो सहित) ओलीप्रचण्डले गरे तीन करोडले सलाम ठोक्ने यस्तो घोषणा (भिडियो सहित) Reviewed by Unknown on 6:21 PM Rating: 5

No comments:

Powered by Blogger.