पहिलो चरणको चुनावको मतगणना आज सुरु हुँदै
काठमाडौं। साँझ पाँच बजेदेखिनै पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना हुँदैछ। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएकोछ। सर्वदलीय बैठक बसेर मतगणनालाई अघि बढाउन दलहरु लागेका छन्।
दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा मतगणनाको तयारी सुरु भएको छ। क्षेत्र नम्बर १ को महिला तथा बालवालिका कार्यालयमा र २ को जिल्ला समन्वय समितिको कार्यालयमा तारबार सहित गणना सुरु गर्न लागिएको हो। मत गणना गर्ने कर्मचारी जाली भित्र छन् ।
जाजरकोटबाट जनक केसीका अनुसार मतगणना सुरु भएको छ। जिल्लामा मतपेटिका खोलि सकिएको छ। दार्चुलामा पनि मगणना केही बेरमा सुरु हुँदैछ।
दोलखाबाट रमेश खतिवडाका अनुसार अहिले साँझ ५ बजे देखि मतगणना हुदैछ। मतगणनाको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाच्न अधिकृत एवं जिल्ला न्यायधिश प्रकाश कुमार काफ्लेका अनुसार जिल्ला अदालत परिसरमा तिन ओटा कोठाहरुमा एकै पटक मतगणना गरिदैछ। रसुवामा पनि मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ।
बझाँङमा मतगणना सुरु भएको छ। बझाङमा ४ वटा केन्द्रबाट मतगणना गरिएको छ। यस्तै वैतडीबाट विरा गडालका अनुसार मतगणना सुरु भएको छ। पूर्वी रुकुममा पनि गणना सुरु भएको छ।
खोटाङबाट दमन राईका अनुसार मत गणनाको सुरक्षाका लागि खोटाङमा तार जाली सहितको फलामे बार हालिएको छ। बिहिबार बेलुका ७ बजेबाट सुरु हुने मत गणनास्थलको सुरक्षाका लागि फलाममा डण्डी र तार जालीले बार हालिएको हो ।
मत गणनाका लागि मूख्या निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणनास्थलमै वेल्डिङ गरेर फलामे बार हालिएको छ । मत गणनाकाक्रममा सहभागी हुने उम्मेद्वारका प्रतिनिधिलाई सो तारजालीको बारभन्दा बाहिर राखेर मत गणना गरिने सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए ।
ओखलढुंगामा बिहीबार साँझ ५ बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ। मत गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको मूख्या निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । मत गणनास्थलमा तार जालीको घेरा बारा बाहेक सिसि क्यामेरा समेत जडान गरिएको छ ।
समाचार स्रोत: न्युज २४ (News 24)
पहिलो चरणको चुनावको मतगणना आज सुरु हुँदै
Reviewed by DailyNEWS Updates
on
4:17 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
4:17 AM
Rating:

No comments: